
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई फिर्ता ल्याउन भारतसँग माग गर्ने बताएका छन् ।आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा युनुसले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् । मुहम्मद युनुसले अगस्ट ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् । भारतमा बस्दै आएकी शेख हसिनाविरुद्ध बंगलादेशमा दर्जनौं मुद्धा दायर गरिएको छ । उनलाई आन्दोलन दबाउन प्रदर्शनकारीको हत्या गरेको देखि कैयौं आरोप लगाइएको छ ।