
काठमाडौँ । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् ।आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हार्दिक पाण्ड्या २४४ अंकसहित दुई स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएका हुन् । आईसीसी टी–२० अलराउन्डरको सूचीको द्सोरो स्थानमा भने नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित कायम रहेका छन् ।त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा झरेका छन् ।यस सूचीमा नेपालका गुलशन झाले एक स्थान सुधार गर्दै ३५औ स्थानमा रहेका छन् ।