हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुदैँ

तेल अभिव । इजरायली मन्त्रिपरिषद्ले मंगलबार लेबनानमा युद्धविराम सम्झौतामा मतदान गर्ने भएको छ । बेन्जामिन नेतान्याहूका प्रवक्ताका अनुसार सैद्धान्तिक रूपमा योजनालाई अनुमोदन गरे पछि संसदमा मतदान हुन लागेको हो । नेतन्याहुले आइतवार राती इजरायली अधिकारीहरूसँगको सुरक्षा परामर्शमा हिजबुल्लाहसँग उदीयमान युद्धविरामको लागि आफ्नो सम्भावित अनुमोदनको संकेत गरेका थिए । सोमबार उनका प्रवक्ताले इजरायली मन्त्रिपरिषद्ले मंगलबार प्रस्तावित सम्झौतामा मतदान गर्नेछ। इजरायलसँग सम्झौताका केही विवरणहरूमा अझै पनि आपत्तिजनक मानिएको छ, जुन सोमबार लेबनानी सरकारमा हस्तान्तरण हुने अपेक्षा गरिएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१