काठमाडौं- प्रिमियर लिगको जारी सिजनको खेलमा म्यानचेस्टर सिटीको हार लगातार जारी छ।
जारी सिजनमा हारको नतिजा सिटीले आइतबार राति पनि खेप्यो। पेप ग्वार्डिओलाको कोचमा रहेको सिटीको असफल यात्रालाई निरन्तरता दिने क्रममा आइतबार राति लिभरपुलले सिटीलाई २-० गोलले पराजित गर्यो।
सिटीलाई स्तब्ध पार्न लिभरपुलले ठूलो संघर्ष नै गर्न परेन। यसक्रममा लिभरपुलका लागि खेलको १२ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गरेका थिए।
दोस्रो हाफको ७८ मिनेटमा पाएको पेनाल्टीमा लिभरपुलका मोहम्मद सालाहा चुकेनन्। बल पोजिसनमा सिटी अगाडि रहे पनि लिभरपुलले नतिजा आफ्नो पक्षमा पार्दा सिटी निराश बन्यो।
प्रिमियर लिगको जारी सिजनमा लयमा खेलिरहेको लिभरपुलले १३ खेलमा ३४ अंक ल्याएर ३४ नम्बर हासिल गर्दै शीर्षस्थान कायम राखेको छ।
१३ खेल खेलेको सिटी लगातार हारसँगै अंक तालिकामा पाँचौं स्थानमा छ। त्यति नै खेल खेलेको आर्सनल २५ अंकसाथ दोस्रो छ। उसलाई चेल्सीले पछ्याइरहको छ।
लिभरपुलले १३ खेलमा ११ वटा जित, एउटा ड्र र एक खेल हारेको छ। सिटी १३ खेलमा ७ वटा जित, २ वटा ड्र र चार वटा खेल हारेको छ। आर्सनल, चेल्सी र ब्राइटनभन्दा खराब लयमा सिटी छ।
























































































































































