प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् अध्यक्ष चाओबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल ची बीच ग्रेट हल अफ  पिपलमा भेटवार्ता भएको छ ।

 

 

 

सो अघि प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो ।

 

 

 

चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका हुन् ।

 

 

 

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गरेका थिए ।

 

बेइजिङ पुगेको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरे पछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका हुन् ।प्रधानमन्त्री ओलीयही मंसिर २० गते स्वदेश फर्कनेछन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१