ताजमहललाइ बमले उडाउने धम्की, बढाइयाे सुरक्षा

नयाँदिल्ली । विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ । यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ । अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ। थप बिवरण अाउन बाँकी छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१