हो चि मिन्ह । भियतनामको एक अदालतले १२ अर्ब डलरको ठगीका लागि मृत्युदण्डमा सजाय सुनाइएका एक महिलाको अपिल अस्विकार गरेको छ ।
मंगलबार रियल इस्टेट टाइकुन ट्रुयुङ माई ल्यानलाई १२ अर्ब डलरको उच्च प्रोफाइलको ठगी मुद्दामा घोटाला र घूसखोरीको सजायको बिरूद्ध उनको अपील अस्वीकार गरेपछि मृत्युदण्डको सजाय हुने लगभग पक्का भएको छ ।
रियल इस्टेट विकासकर्ता भान थिन्ह फाट होल्डिंग्स समूहकी अध्यक्ष लानलाई भियतनामको सबैभन्दा ठूलो वित्तीय ठगी मुद्दामा उनको भूमिकाको लागि अप्रिलमा मृत्युदण्डको सजाय सुनाइएको थियो।
दक्षिणी हो ची मिन्ह सिटीको उच्च जन अदालतले ल्यानको मृत्युदण्ड घटाउने कुनै आधार नभएको निर्णय गरेको भीयतनामको मिडियाले उल्लेख गरेका छन् ।
‘यदि ल्यानले मृत्युदण्ड कायमै रहेका बेला हिनामिना गरेको तीन चौथाई रकम फिर्ता गर्न सक्षम भएमा सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिन्छ,’ फैसालामा भनिएको छ ।
उनी कम्युनिस्ट देशको ब्लेजिङ फर्नेस भनेर चिनिने लामो भ्रष्टाचार विरोधी अभियानमा जेल परेका सबैभन्दा प्रसिद्ध व्यवसायिक अधिकारी र राज्य अधिकारीहरू मध्ये एक हुन्।
‘ल्यानले निम्त्याएका नतिजाहरू मुद्दाको इतिहासमा अभूतपूर्व छन् र हिनामिना गरिएको रकम अभूतपूर्व रूपमा ठूलो र अप्राप्त छ,’ अभियोजन पक्षले राज्य(संचालित अनलाइन अखबार भियतनाम नेट द्वारा अपील सुनुवाइमा भनेको छ ।


































































































































































