Baigyanik Media

Advertisement

Skip Ad

लुम्बिनी राष्ट्रिय महोत्सव भाेली देखी, अधिंकास स्टल बुक

भैरहवा। भैरहवामा हुन गइरहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा अधिकांस स्टल बुक भएका छन् ।

 

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २० गते देखि हुन गइरहेको पर्यटन महोत्सव कृषि तथा राष्ट्रिय औधोगिक व्यापारमेलामा ३ सय स्टल बनाइएकोमा मेला सुरु हुन अगावै सबै स्टल बुकिङ भइसकेका छन ।

 

बजारमा आर्थिक चलायमान गराउन उद्योगी व्यवसायीहरु उत्साहका साथ स्टल बुक गराएका छन हामीले साचेभन्दा बढि स्टलको माग भएको संघका बरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल आयोजक समिति सह–संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए ।

 

उनले विगतको मेलाहरु भन्दा यस वर्षको मेलामा मेला सुरु हुनु भन्दा अगाडि नै स्टल बुक भएका छन । हामीले स्टल छैन भनि फर्काउनु पर्ने अवस्था आएको छ । कतिपयले त स्टल नपाएर धेरै विभिन्न ठाँउबाट व्यवस्थापनको लागि पहल गरिरहनु भएको छ । आयोजकलाई स्टलको व्यवस्थापन गर्न धौ धौ भएकोले थप स्टल बनाउने की भन्ने सोचमा आयोजक रहेको स्टल बुकिङ ब्यवस्थापन समिति संयोजक समेत रहेका आचार्यले भने

 

उनले संघले यसअघि सम्पन्न गरेका ८ वटा महोत्सवमा समेत स्टल बुकिङ राम्रो हुने गरेको स्मरण गरे । ‘यसपटक बजारमा आर्थिक मन्दीको प्रभाव छ । उपभोक्ता र व्यवसायीको क्रय शक्ति केही खस्किएको छ तर महोत्सवप्रतिको विश्वास कायम छ । यसले बजारमा नयाँ उत्साह थपेको हामीले पाएका छौं ।’

 

आफ्नो उत्पादन तथा सेवाको बिक्री बितरण तथा प्रचारप्रसार गर्न हिमाली तथा पहाडी जिल्लाका कृषक र निजी व्यवसायीको समेत महोत्सवमा स्टल बुकिङ राम्रो छ । आर्थिक मन्दीले निजी क्षेत्रका व्यवसायी निराश भएको अवस्थामा उक्त महोत्सवमा भने उद्यमी व्यवसायीको बढ्दो आकर्षण र सहभागिताले आयोजक उत्साहित भएका छन् । पुस १ गतेसम्म भैरहवास्थित अंचलपुरमा महोत्सव हुँदैछ ।

 

‘स्टल बुक गर्न भन्दै धेरै ठाउँबाट फोन आएको आयै छ’, आचार्यले भने, ‘स्टलको माग भए अनुरुप हामीले उपलब्ध गराउन सक्ने अवस्था छैन ।’ महोत्सवमा प्रतिस्टल १५ हजारदेखि ४० हजार रुपैयाँ मूल्य तोकिएको छ । महिला उद्यमी, हस्तकलालाई ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ ।

 

संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले काठमाडौं, पोखरा, चितवन, झापा, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बुटवल, भैरहवा, पाल्पादेखि कर्णाली प्रदेशका जिल्लाहरु दैलेख, सुर्खेत, सुदूरपश्चिमका कैलाली, कंचनपुर तथा मनाङ–मुस्ताङका जिल्लाहरुबाट किसान तथा व्यवसायीले स्टल बुक गरेका छन् । हिमाली तथा पहाडी जिल्लाबाट स्याउ, जडिबुटी, आलु, सेमी तथा विभिन्न गेडागुडी जस्ता कृषिजन्य बस्तुको बिक्रीका लागि स्टल बुक भएको श्रेष्ठले जनाए ।

आयोजकका अनुसार अहिलेसम्म ४० बढी जिल्लाबाट उद्योगी–व्यवसायी, कृषक र केही संघसंस्थाले समेत स्टल बुकिङ गरेका छन् । ‘एउटै थलोमा धेरै उत्पादनको प्रदर्शनी हुने भएकाले पनि यति धेरै जिल्लाका व्यवसायी र कृषकले महोत्सवमा आउन चाहनुभएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘यो अत्यन्त सुखद् पक्ष हो । हामीलाई यो महोत्सवले थोरै भए पनि वर्तमान आर्थिक सिथिलतालाई चिर्छ भन्ने विश्वास बढेको छ ।’

 

आयोजकका अनुसार महोत्सवको प्रायोजन तथा सह–प्रायोजन गर्नका लागि पनि धेरै उद्यमी–व्यवसायी र ठूला प्रतिष्ठान उत्साहित देखिएका छन् । ‘आर्थिक मन्दीले निराश बनाएको अवस्थामा पनि यो महोत्सवप्रति किसानदेखि व्यवसायी र उद्योगीको बढ्दो आकर्षणले हामीलाई हौसाएको छ’, संघका महासचिव कृष्णप्रसाद घिमिरेले भने, ‘बिगतमा प्रायोजन तथा सहप्रायोजन गरिदिने व्यवसायी पाउनै मुस्किल हुन्थ्यो । अहिले धेरैले इच्छा देखाउनु भयो ।’ संघका सचिव तथा प्रसार प्रसार समिति संयोजक मंगल भण्डारीले महोत्सवले व्यवसायिक प्रबद्र्धन गर्ने र सहरदेखि गाउँबस्तीसम्म प्रचारप्रसार राम्रो भएकाले धेरै जिल्लाका उत्पादन भैरहवामा विक्रीका लागि ल्याइन लागेको जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको...

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

भोजपुर, बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९