अमेरिकी बीमा कम्पनीका कम्पनीका सीईओको गोली हानी हत्या

न्युर्योक । अमेरिकी कम्पनी युनाइटेड हेल्थकेयरको बीमा इकाईका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको गोली हानी हत्या गरिएको छ ।

 

न्यूयोर्कको हिल्टन होटल अगाडि एक आक्रमणकारीले थम्पसनलाई गोली हानेका थिए । अमेरिकन न्युज पोर्टल ब्लूमबर्गका थम्पसनको छातीमा गोली लागेको थियो ।

 

कम्पनीको लगानी दिवस सम्मेलनमा सहभागी हुन थम्पसन बुधबार होटल पुगेका थिए । कम्पनीले आफ्ना एक कर्मचारीको स्वास्थ्य अवस्थाका कारण सम्मेलन समय अघि नै सकिएको जनाएको छ ।

 

समाचार अनुसार एक मुखौटाधारी व्यक्तिले थम्पसनमाथि गोली चलाएको थियो । गोली लागेपछि थम्पसनलाई माउन्ट सिनाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।

 

न्यूयोर्क पोस्टले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आक्रमणकारी लामो समयदेखि घटनास्थल वरिपरि घुमिरहेको बताएको छ। थम्पसन होटल बाहिर पुगेपछि ती आक्रमणकारीले धमाधम गोली चलाउन थाले । गोली चलाए पछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

 

यस मुद्दामा लिसले हालसम्म कुनै पनि पक्राउ गरेको छैन। आक्रमणकारी गोरा भएको प्रहरीले जनाएको छ । उनले क्रिम रंगको ज्याकेट, कालो फेस मास्क र कालो र सेतो जुत्ता लगाएका थिए।

 

आक्रमणमा मारिएका ब्रायन थम्पसन विगत २० वर्षदेखि युनाइटेड हेल्थमा कार्यरत थिए । उनी २०२१ मा कम्पनीको सीईओ बनेका थिए।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१