
काबुल। सिरियाको राजधानी दमास्कस बिद्रोहीले कब्जामा लिए पछि अफगानिस्तानका तालिवान भने खुसी देखिएका छन् ।
सिरियाली विद्रोहीहरूले दुइ हप्ता लामो संघर्ष पछि आज अचानक दमास्कस कब्जा गरे पछि राष्ट्रपति बसर अल असद भने जहाजवाट अज्ञात स्थलतर्फ भागे पछि तालिवानीहरू खुसी भएका हुन् ।
अफगानिस्तानको सिरियासँग कही कतै पनि सिमाना छैन र भौगोलिक रूपमा टाढा पनि छ, यद्यपि तालिबानहरूको सिरियाली विद्रोही सेना प्रति भने निकै महत्वपूर्ण समर्थन र सहानुभूति कायम रहेको छ।
सिरियामा भइरहेका घटनाक्रमका बारेमा तालिबान सरकारबाट औपचारिक बयान आउन बाँकी छ । तर, उनीहरुको सामाजिक सञ्जालमा जे देखियो, त्यो अचम्मको भन्दा कम छैन। तालिबानहरू चरम सुन्नी विचार र जिहादीहरूका अनुयायी हुन् तसर्थ एक तालिबानी नेता भन्छन्, ‘वैचारिक सम्बन्ध नै सिरियाका जिहादी विद्रोही प्रति तालिवानको ठूलो सहानुभूतिको एउटा कारण हो।’
तालिबानका यस वरिष्ठ अधिकारीका अनुसार तालिबानले तालिबान सरकारले जस्तै विद्रोही समूहहरूले सिरियामा शरिया कानून लागू गर्ने आशा राखेका छन्।
उता, दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना भने क्याम्पमा फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरे पछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् । सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।