सिरिया बिद्राेहः इटालीका राजदूत निवासबाट कार चोरी

दमास्कस। सिरियामा इटालीका राजदूतको निवासबाट कार चोरी भएको छ ।

 

 

 

इटालीका विदेश मन्त्रीका अनुसार सशस्त्र समूहका सदस्यले दमास्कसमा इटालियन राजदूतको बगैंचामा प्रवेश गरी तीनवटा कार चोरेको छन ।

 

 

 

विपक्षी सेनाहरूले उनीहरूले शहर कब्जा गरेको बताएको केही समय पछाडी सो कार चोरी भएको हो ।

 

 

 

‘आज बिहान एउटा सशस्त्र समूह इटालीका राजदूतको निवासको बगैंचामा प्रवेश गर्‍यो, उनीहरूले तीनवटा अटोमोबाइल लिएर गए,’ विदेशमन्त्री एन्टोनियो ताजानीले सिरियाको स्थितिमा परराष्ट्र मन्त्रालयको संकट बैठकपछि पत्रकारहरूसँग भने ।

 

 

 

उनले घटनाका क्रममा कुनै हिंसा नभएको बताए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१