अलकायदा छाडेर कसरी जुलानी सिरियाका राष्ट्रबादी नेता बने ? राेचक कथा जान्नुहाेस्

दमास्कस । सिरियामा युद्ध समाप्त भएको थिएन तर अचानक अबु मोहम्मद अल जुलानीले यस्तो चाल खेलिदिएकी सम्पूर्ण खेल नै उल्टो हुन पुग्यो। हिजो बिहान अचानक उनका सेना राजधानी दमास्कस पुगे, लगत्तै बशर अल असदको शासन समाप्त भयो । अब जुलानी सिरियाको अनुहार जस्तो देखिन्छन् । तर खासमा जुलानी को हुन् ? जसले ५ दशक लामो असद परिवारको राजवाट देशलाइ मुक्त गराए ।

 

 

 

उनी त्यही व्यक्ति हुन, जो कुनै समय अल कायदाको झण्डामुनि बसेर अमेरिका बिरूद्द लडेको थियो, जो अहिले सिरियाको नयाँ नेता बन्न खोज्दैछन् ।

अब मोहम्मद अल जुलानीको जीवन कथा र कसरी उनी सिरियाको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो नाम बन्न पुगे, त्यो अब बताउने छौं ।

 

 

 

केही दिनअघि अबु मोहम्मद अल जुलानी एलेप्पोको ऐतिहासिक किल्लाको सिँढीमा चढेको देखिएका थिए । खाकी लुगा लगाएका गार्डहरूसहित त्यो पनि बिना हतियार। र, साथमा पछाडि हजारौं समर्थकको भीड देखिएको थियो । यो तस्बिर उनै जिहादी नेताको थियो, जसले हालै सिरियाको सबैभन्दा ठूलो सहर एलेप्पो कब्जा गरेका थिए र केही दिनभित्र हामा, होम्स र अन्त्यमा दमस्कस पनि कब्जा गर्न सफल भएका थिए । र त, असद परिवारको ५० वर्ष पुरानो शासन उखेलियो तर १३ वर्षदेखि चलिरहेको युद्धमा अचानक नयाँ मोड आयो ।

 

 

 

वास्तवमा, असदको सेनाको अवस्था पहिले नै खराब थियो। रुस र इरानको समर्थनको बाबजुद उनको सेना विघटन भएको अवस्था थियो । तर, जुलानीले युद्धमा मात्र ध्यान दिएनन्, उनले वर्षौंदेखि सोचेर हरेक कदम चाल्न सुरू गरेका थिए।

 

 

 

दमन विरुद्ध लड्ने जुलानीको निर्णय

 

 

सन् १९८२ थियो । अहमद हुसेन अल शरा उर्फ अबु मोहम्मद अल जुलानी सिरियाको राजधानी दमास्कसको एक मध्यमवर्गीय सुन्नी परिवारमा जन्मेका थिए। उनको परिवार मध्यम वर्गीय अरबी परिवार थियो। बुबा इन्जिनियर थिए भने उनको परिवार साउदी अरेबियाको अरामको कम्पनीको नजिकै बस्थे। साउदी अरबमा बिताएको उनको बाल्यकालले जुलानीमा धार्मिक र सांस्कृतिक मूल्य मान्यताको गहिरो छाप छोड्यो। उनी पढाइमा अब्बल थिए र साथीहरू माझ चतुर केटा भनेर चिनिन्थ्यो। तर त्यहाँ केही थियो, जसले उनलाई अन्य बच्चाहरु भन्दा फरक बनायो। उनी गहिरो धार्मिकता र इतिहासमा रुचि राख्थे तर उनको परिवार सिरियाली राजनीतिबाट गहिरो प्रभावित थियो।

 

 

जुलानीको जन्म हुँदा सिरियाली राजनीतिमा उथलपुथल भइरहेको थियो। बशर अल असदका पिता हाफेज अल असदको सरकारले सन् १९८२ मा होम्स र हमामा मुस्लिम ब्रदरहुड विरुद्ध ठूलो नरसंहार गरेको थियो। त्यसमा हजारौं मानिसहरू मरेका थिए र यसले सिरियाको धार्मिक र राजनीतिक गतिशीलतालाई सदाको लागि परिवर्तन गर्यो। यो त्यो समय थियो, जब जुलानीको परिवार र उनीजस्ता अन्य धेरै सुन्नी मुस्लिमहरू बीच असद सरकार विरुद्ध क्रोध उत्पन्न भइरहेको अवस्था थियो । अन्ततः जुलानीको परिवार सन् १९९० को दशकमा दमास्कस फर्कियो। जुलानीको जीवन परिवर्तन हुन लागेको थियो । सन २००० मा दोस्रो इन्टिफादा, प्यालेस्टाइनमा विद्रोह सुरु भयो। यसले जुलानीको मन र दिमागमा गहिरो छाप छोड्यो। त्यतिबेला उनी १७–१८ वर्षको मात्र थिए तर

उनलाइ त्यो उत्पीडन विरुद्धु लड्ने निर्णयमा पुगिसकेका थिए ।

 

 

 

जुलानीको विचारलाई ‘क्याम्प–बुका’ मा एक किनारा मिल्यो । त्यसपछि सन २००३ आयो। जब अमेरिकाले इराकमा आक्रमण गर्‍यो, अरब जगतमा क्रोधको लहर चल्यो। त्यतिबेला जुलानी २१ वर्षका थिए । उनले आफूलाई सुन्नी मुस्लिमको रक्षा गर्ने मुजाहिदीनको रूपमा हेर्ने निर्णय गरे। र, जुलानीले आफ्नो झोला प्याक गरिन् । दमास्कसबाट बस समातेर सिधै बगदाद गए तर यो सामान्य यात्रा थिएन। बगदादमा उनी अमेरिकी सेनाविरुद्ध लडिरहेका विद्रोही समूहहरूमा सामेल हुन पुगे । जुलानीको नाम इराकमा सानो लडाकुको रूपमा चिनिन थाल्यो तर भाग्यमा अर्कै कुरा थियो । अमेरिकी सेनाले उनलाई समातेर  ‘क्याम्प बुका’ मा कैद गर्यो ।

 

 

 

अब प्रश्न छ, शिविर बुका के थियो ? क्याम्प बुका दक्षिणी इराकमा रहेको अमेरिकी जेल थियो, जहाँ आइएसएस, अल कायदा र अन्य जिहादी समूहका शीर्ष नेताहरूलाई कैद गरिएको थियो। यो जेललाई आतंकवादीहरूको विश्वविद्यालय भनिन्छ। यहाँ जुलानीले आफ्नो दिमाग र विचारलाई अझ तिखार्ने मौका पाए । उनले अल कायदाका नेताहरू, विशेष गरी अबु बकर अल बगदादीसँग आफ्नो सम्बन्ध बलियो बनाए। उनले कुख्यात आतंकवादीहरूसँग मित्रता गर्न सुरू गरे । र, तिनीहरूको योजना सुने पछि उनमा नयाँ विचारधाराको विकास गर्न सफल भए ।

 

कट्टरपन्थीबाट राष्ट्रवादी नेता

 

 

 

सिरियामा सन् २०११ मा विद्रोह सुरु भएको थियो । अरब वसन्तको प्रभाव सिरियामा पुग्यो र जुलानीले क्याम्प बुकाबाट मुक्त भएर सिरिया फर्कने निर्णय गरे। तिनीहरूसँग पैसा, मानिसहरू र एउटा मिशन थियो, अल कायदाका लागि सिरियामा प्रवेश गर्ने । यहीँबाट उनको वास्तविक यात्रा यहीबाट सुरु हुन्छ । सिरिया फर्के पछि जुलानीले अल कायदाको सहयोगमा नयाँ संगठनको जग बसालेका थिए। यस समूहको नाम अल नुसरा फ्रन्ट थियो। यस समूहको उद्देश्य स्पष्ट थियो, असद सरकारलाई ध्वस्त पार्ने र सिरियामा इस्लामिक शासन स्थापना गर्ने। आत्मघाती हमलादेखि सिरियाली सेनामाथि घातक हमलासम्म, अल–नुसरा फ्रन्टले सम्पूर्ण देशमा डर पैदा गराउन थाल्यो ।

 

जुलानीले संगठनलाई स्थानीय सिरियाली विद्रोहको अनुहारमा बदल्न पर्ने सोचमा पर्न थाले र त जुलानीले चाँडै महसुस गरे कि उनले आतंकबाट मात्र आफ्नो लक्ष्य पूरा गर्न सकिदैन् । त्यसपछि जुलानीले आफूलाई अलकायदा र आईएसआईएसबाट टाढा राख्न सुरू गरे । सन् २०१३ मा उनले आतंकबादी संगठन अबु बकर अल बग्दादीबाट आफूलाई अलग हुने निर्णय लिए । र, उनले आफूलाई ‘कट्टरपन्थीभन्दा राष्ट्रवादी बढी’ भनेर प्रस्तुत गर्न थाले ।

 

 

 

आतङ्ककारी देखि राजनीतिक शक्तिसम्म

 

 

अब जुलानीले बन्दुक र हिंसाको सहारा मात्र लिएनन्। राजनीतिक चेस बोर्डमा ठूला नेताहरूले बुझ्नै नसक्ने खालका कदम चालेका छन् । सिरियाको राजनीतिक नक्सामा ठूलो उथलपुथल भयो, जब जुलानीले २०१७ मा ठूलो कदम चाले । उनले आफ्नो संगठनलाई पूर्ण रूपमा नयाँ डिजाइनमा लगे । उनले आफ्नो समूहको नाम परिवर्तन गरी हयात तहरीर अल शाम अर्थात् एचटीएस राखे। यस परिवर्तनको उद्देश्य समूहलाई आतंकवादी संगठनबाट ‘राजनीतिक शक्ति’मा रूपान्तरण गर्नु थियो। उनले सिरियाको विद्रोही क्षेत्रमा विद्यालय, अस्पताल र स्थानीय प्रशासन स्थापना गर्न सुरू गरे र उनी एक हदमा सफल पनि भयो । सिरयाली जनताले उनलाइ नयाँ छवीको रूपमा देख्न थाले । र, समूहका कट्टरपन्थी मानिसहरूलाई बाहिर निकालियो।

 

 

 

एक हिसाबले उनले आफ्नो संगठनलाई ‘इस्लामिक’ र ‘प्रगतिशील’ देखाउन खोजेका थिए । एचटिएसले रूस र पश्चिमी देशहरूसँग प्रत्यक्ष संचार पनि सुरु गर्न थाल्यो । जुलानीले अब आफू ‘आतंकवादी’ नभई ‘राजनीतिक नेता’ भएको सन्देश दिएका छन् । त्यसपछि त्यो ऐतिहासिक मिति आयो– एलेप्पोको पतन।

 

 

 

जब जुलानीले अलेप्पोको किल्लालाई जित्यो, त्यो विजय मात्रै थिएन, अब असद सरकारको दिनगन्ती सुरू भएको संकेत थियो। त्यसपछि आइतबार बिहान उनका सेना राजधानी आयो र दमास्कसको सत्ता क्षणभरमा नै ढालिदियो । रुस र इरान जस्ता शक्तिशाली देशको समर्थनमा रहेको असद सरकार केही घण्टामै ढलेको थियो । यो कुनै चमत्कार थिएन। यो जुलानीमा आतंकबादीबाट रूपान्तरण भएर राष्ट्रवादी नेताको रूपमा  भएको परिवर्तन र उनको सफल  ‘कूटनीति’को परिणाम थियो।

 

 

 

के जुलानी आतंकवादी हुन ? उनले हतियारले मात्रै लडेका होइनन्, बिचार र योगदानले पनि लडेका छन् । उनले त्यहाँका जनजातिहरूसँग कुरा गरेर अल्पसंख्यकहरूको विश्वास जितेका थिए। र सबैभन्दा चकित पार्ने कुरा  उनले रूसलाई भने कि यदि तिनीहरू सिरियाको पुनर्निर्माण गर्न चाहन्छन् भने एचटीएसले उनीहरूसँग काम गर्न सक्छ।

 

 

 

तर, अब प्रश्न उठ्छ कि जुलानी आतंकवादी हो कि नेता ? उनका बारेमा धेरै विरोधाभासी कुराहरू छन्। कतिपयले उनलाई कट्टरपन्थी भनेका छन् । एचटीएसको बदलिएको प्रकृति देखेर कतिपयले यसलाई सिरियाको  ‘भविष्य’ पनि ठान्छन्। तर एउटा कुरा प्रष्ट छ, जुलानीले राजनीति र युद्धको यस्तो संयोजन सिर्जना गरेका छन्, जुन यसअघि कसैले देखेका छैनन् ।

 

 

 

अब जुलानी र पश्चिमी देशबीचको सम्बन्ध कस्तो हुन्छ ? त्यो हेर्न बाँकी छ । यो प्रश्न हो किनभने अमेरिकाले एचटिएसलाई आतंकवादी संगठन घोषित गरेको छ। यसले पश्चिमी देशहरूसँग सम्बन्ध बनाउने र सिरियाको नेतृत्व गर्ने जुलानीको सपनामा कठिनाइ सिर्जना गर्न सक्छ। जुलानी आफ्नो रणनीति, बुद्धिमत्ता र चलाखीले सिरियाको राजनीतिक नक्सा परिवर्तन गर्ने व्यक्ति हुन् भन्ने उनलाइ ठानिएको छ । किनभने, यो पटक कुनै मानवीय हताहत बिना जुलानीले दमास्कस कब्जा गरेका छन् र राष्ट्रपति असद देश छाडेर भागेका छन् । तर उनको अबको यात्रा कस्तो होला ? समयले मात्र बताउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९