अमेजनकाे जंगल भित्र बेश्यालय, जाे सुनका लागि केटीहरू मजदुरसँग सुत्छन्

रियो दि जिनरियो ।  ब्राजिलको अमेजन जंगलबाट डरलाग्दो खबर आएको छ कि त्यहाँको जंगलमा रहेका खानी मजदुरसँग बालिका र युवतीहरूलाई पर पुरूषसँग सुत्न बाध्य पारिने गरिएकाे छ । आखिर, वास्तविक कारण के हो ? यसका लागि सरकारले के गरिरहेको छ ? दुई युवतीको कथाले तपाईलाई अचम्ममा पार्ने मात्र होइन, तपाईकाे जिउँ पनि सिरिङ्ग हुन्छ ।

 

३४ वर्षीया डियान लेटको कथाले तपाईलाई चकित पार्नेछ भने नतालिया क्याभाल्कान्टेले खानीमा झै सहरका अधिकांश युवतीहरु यौन कार्यमा संलग्न रहेको बताउँछिन । उनी भन्छिन, ‘हामीले त्यसको वास्ता गर्दैनाैं, याे यहाँ नियमित र संस्कार जस्ताे छ ।’

 

ब्राजिलको पारा राज्यको बारेमा कुरा गर्दैछौं। बुधकी डायने लेटले अन्तराष्टिय सञ्चारमाध्यमसँग आफ्नो दर्दनाक कथा सुनाइन्। उनले आफू कहिल्यै यौनकर्मी बन्न नचाहेको बताइन् । १७ वर्षको उमेरमा उनको श्रीमानको हृदयघातका कारण मृत्यु भयो । अन्तिम संस्कारका लागि पैसासमेत थिएन, त्यसपछि इटैतुवाकी साथीले अवैध सुन खानीमा काम गरेर पैसा कमाउन सुझाव दिइन । त्यसैले उनी अमेजनकाे जंगल भित्र रहेकाे सुनखानीमा काम गर्न गइन ।

 

‘तर, यसमा महिलाले निकै अपमान सहनुपरेको थियो, धम्की र अपमानको बाबजुद मसँग अर्को विकल्प थिएन। सबै ठीकठाक चलिरहेको थियो, त्यसपछि मसँग केहि भयो, जुन म जीवनभर बिर्सन सक्दिन्’ उनले त्रासदीपुर्ण दिनहरूकाे कथा भनिन् । उनले सम्झना गरिन, ‘एक पटक एक व्यक्ति क्याम्पमा आए, मलाई ब्यूँझाए, मलाई बन्दुक तान्यो र ममाथि आफ्नो अधिकार दाबी गर्न थाले। म डराएँ। त्यसपछि जे भयो, जुन हुनुहुँदैन थियो।’ जसकाे परिणाम स्वरूप १८ वर्षको उमेरमा डियानाको पहिलो बच्चा भयो। विगत १६ वर्षदेखि उनले आफ्नो ७ जनाको परिवारको पालनपोषण गर्नका लागि खानीमा खाना पकाउने, कपडा धुने, बारमेड र यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् ।

 

पारा राज्यका सुन खानी बस्तीहरूमा जनजीवन अत्यन्त कष्टकर छ। गाउँमा कच्ची सडक मात्रै छन् । यहाँ एक सैलुन, बार र एक चर्च छ। खानीका मजदुरहरू अझै पनि त्रिपाल मुनी बस्छन्। यी शिविरहरूमा काम गर्ने महिलाहरूले हिंसा र शोषणको सामना गर्नुपरेको छ।

 

नतालिया कैवलकैंटेजो एक पूर्व यौनकर्मी हुन्। पछि उनी वेश्यालयको मालिक भइन् । उनले भने, ‘सुन निकालिसकेपछि हाम्रो गाउँको वेश्यालयमा खानीमा काम गर्नेहरू आउँछन् । उनीहरु युवतीसँग सम्बन्ध माग्छन् । तिनीहरू धेरै फोहोर रहन्छन्। कुनै पनि किसिमको कुराकानीबाट पहिले नुहाउन मनाउँछौँ ।

 

२४ वर्षको उमेरमा खानी गाउँमा काम गर्न थालेकी नतालिया । इटैतुबादेखि शिविरसम्मको ७ घन्टाको कठिन यात्रा पूरा गर्न उनले अन्य महिलाहरूलाई पैसा तिर्ने गर्थे। ब्राजिलमा वेश्यालय चलाउनु गैरकानुनी छ। त्यसकारण उसले भरपर्दो व्यक्तिलाई काममा राख्यो। उनले भनिन्, ‘म सहरका सबै महिलाले यस्तो गर्छन भन्न चाहन्न, तर तीमध्ये ठूलो संख्यामा यौनकर्मी छन् । यो एक हिसाबले सामान्य कुरा हो । हामी वास्तवमै यसको वास्ता गर्दैनौं।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ,  परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित...

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौँ,  राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन), चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९