जर्जियाको रेष्टुरेन्टमा निस्सासिएर १२ जनाको मृत्यु

काठमाडौं। जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ ।

 

 

 

पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानिय प्रहरीले बताएका छन ।

 

 

 

प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनिय दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

 

 

रिसोर्टमा बिजुली गए पछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निस्सासिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन ।

 

 

 

रेस्टुरेन्टको भवनको दोस्रो तल्लामा शव फेला परेको थियो । अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको र पीडितहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

 

 

 

गुडौरी स्कीइङ र स्नो बोर्डिङ उत्साहीहरूका लागि लोकप्रिय पर्यटक गन्तव्य हो, जहाँ सबै तहका आगन्तुकहरूको लागि शीतकालीन खेल गतिविधि गर्न पुग्ने गर्छन् ।

 

 

गुडौरी समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा रहेकोकाकेशस पहाडहरूमा अवस्थित छ र जर्जियाको राजधानी टिबिलिसीबाट लगभग १२० किमी उत्तरमा अबस्थित रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१