यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।
यस वर्षको माघी मेला माघ १ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न कलाकारहरुको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहने आयोजक संस्कृति प्रवर्द्धन तथा माघी मेला व्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर डगौराले बताउनु भयो । मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १५ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ।