मुम्बइ हमलाका मास्टर माइन्डको हृदयघातवाट निधनमुम्बइ हमलाका मास्टर माइन्डको हृदयघातवाट निधन

इस्लामबाद। मुम्बइ हमलाका मास्टर माइन्ड मानिएका आतंकबादी समुहका प्रमुखका निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार २६÷११ मुम्बई हमलाका दोषी तथा आतंकवादी संगठन लश्कर–ए–तैयबाका उपप्रमुख अब्दुल रहमान मक्कीको हृदयघातका कारण निधन भएको हो ।

 

 

मक्की हाफिज सईदका आफन्त र सङ्गठनका आतङ्ककारी आर्थिक सहयोगका प्रमुख थिए। उनलाई अमेरिका र संयुक्त राष्ट्रसंघले विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो । मक्कीलाई विश्व आतंककारीको सूचीमा समावेश गरिएको थियोसंयुक्त राष्ट्र सुरक्षा परिषदले मक्कीलाई अल कायदा प्रतिबन्ध समिति अन्तर्गत सूचीबद्ध गरेको थियो।  जसका कारण यात्रा प्रतिबन्ध र हतियार बोक्न प्रतिबन्धसहित उनको सम्पत्ति रोक्का गरिएको थियो ।

 

 

अब्दुल रहमान मक्कीले लश्कर ए तैयबाको राजनीतिक शाखाको नेतृत्व गरेका थिए। यसबाहेक उनी जमात उद दावाका प्रमुख पनि थिए। उनी लश्करको विदेश सम्बन्ध विभागका प्रमुख पनि थिए। अब्दुल रहमान मक्कीलाई भारतमा भएका ठूला आतंकवादी हमलाहरूमा प्रत्यक्ष भूमिका रहेको मानिन्छ ।पाकिस्तानी आतंकवादी समूह लश्कर ए तैयबाले भारतमा धेरै ठूला हमलाहरू गरिरहेको छ । जस क्रममा मुम्बइ हमला प्रमुख घटनाको रूपमा हेरिदै आएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१