
काठमाडौं। अजरबैजानका राष्ट्रपति इलहाम अलीयेभले रसियाले क्रिसमसको दिन दुर्घटनावश विमान खसालेको बिषय लुकाएको आरोप लगाएका छन ।रूसतर्फ गएको सो बिमान अचानक दुर्घटना हुदाँ ३८ जनाको ज्यान लिएको थियो । बिमानमाथी हमला गर्नुको कारण रूसल लुकाएको उनको आरोप सार्बजनिक भएको छ ।
अजरबैजान एयरलाइन्सको विमान चेचन्याको ग्रोज्नी जाँदै थियो तर अकताउ नजिकै आपतकालीन अवतरण गर्नु अघि नै सो बिमान भयंकर दुर्घटनामा परेको थियो । बिमानमा प्रहार भए पछि अनियन्त्रित हुन पुगेको अजरबैजानले जनाएको छ ।
रुसको फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीले पहिले विमान चराहरूसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको बताएको थियो तर पछि युक्रेनी लडाकू ड्रोन र बाक्लो कुहिरोले विमानलाई रुसको हवाई क्षेत्रबाट बाहिर निकालेको बताएको थियो। यद्दपी, सो घटनामा रूसी राष्ट्रपति भ्लादिमर पुटिनले माफी मागेका छन । तर, खासमा सो बिमानमा के भएको थियो ? त्यो भने अझै खुलाईएको छैन् ।