सिरियाका नयाँ नेताले भने, ‘देशमा चुनाव गराउन अझै ४ बर्ष लाग्छ’

दमास्कस । सिरियाका बिद्रोही नेताले देशमा निर्वाचन सम्पन्न गर्न चार वर्ष लाग्न सक्ने बताएका छन् । सिरियाका मुल नेता अहमद अल शराले युद्धग्रस्त देशमा चुनाव हुन चार वर्षसम्म लाग्न सक्ने बताएका हुन । अल शराको हयात तहरीर अल शाम (एचटीएस) को नेतृत्वमा विपक्षी लडाकुहरूले तीन हप्ता अघि लामो समयदेखि शासक बसर अल असदलाई अपदस्थ गरे पछि नयाँ सिरियाली नेताले सम्भावित चुनावी समयतालिकामा टिप्पणी गरेको यो पहिलो पटक हो।

 

‘नयाँ संविधानको मस्यौदा तयार गर्न तीन वर्ष लाग्न सक्छ,’ अल शाराले आइतबार साउदी अरेबियाको सरकारी प्रसारक अल अरेबियालाई भने । उनले देशमा योग्य मतदाताको सङ्ख्या तोक्न नयाँ जनगणना गर्नुपर्ने भएकाले चार वर्षपछि निर्वाचन हुने बताए । ‘कुनै पनि अर्थपूर्ण निर्वाचनका लागि व्यापक जनगणना आवश्यक हुन्छ,’ उनले भने।

 

र, अल शाराले यो पनि भने कि सिरियालीहरूले लगभग एक वर्षमा आफ्नो देशमा महत्त्वपूर्ण परिवर्तनहरू देख्न सक्ने बताए। उनले भने कि एचटिएस सिरियाको सबैभन्दा प्रभावशाली सैन्य र राजनीतिक शक्ति हो, जो राष्ट्रिय संवाद सम्मेलनमा भंग हुनेछ। अल शराका टिप्पणीहरू दमास्कसमा नयाँ सरकारले आफ्ना छिमेकीलाई बहुजातीय देशमा शान्ति र स्थिरताको आश्वासन दिन खोज्दा आएको हो।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१