जिम्बाबेले खारेज गरयो मृत्यदण्ड सबन्धी ब्यवस्था, ६० कैदीको जोगियो ज्यान

काठमाडौं। विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी
कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।

 

मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाब्वेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ ।

 

राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छन ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१