काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो ।केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।






























































































































































