एउटा यस्तो देश, जहाँ छ १० मध्ये ९ जनासँग बिधुतीय सवारी

ओस्लो । पेट्रोल र डिजेलका सवारीसाधनलाई छाडेर अहिले विश्वका धेरै देशले विद्युतीय सवारीसाधनतर्फ बढी चासो देखाइरहेका छन् । यही कारणले गर्दा अहिले धेरै देशमा मानिसहरू पेट्रोल र डिजेलका सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन बढी मात्रामा खरिद गरिरहेका छन् । यसैस सन्दर्भमा युरोपेली देश नर्वेमा विद्युतीय कारले हलचल मच्चाएको छ । नर्वेजियन रोड फेडेरेसन (ओएफभी) ले एक प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार देशमा विद्युतीय कारको खरिद बिक्रीमा ह्वात्तै वृद्धि भएको छ । सन् २०२३ मा ८२.४ प्रतिशत ईभी खरिद गरिएको थियो भने सन् २०२४ मा ८८.९ प्रतिशत विद्युतीय कार खरिद गरिएको तथ्यांक सार्बजनिक भएको छ । सन् २०२४ मा १० जनामध्ये ९ जनाले विद्युतीय सवारीसाधन किनेको उसले तथ्यांक सार्बजनिक गरेको हो ।

 

मुलुकमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको अवस्थामा वातावरणलाई पनि फाइदा पुगेको छ । यो शून्य उत्सर्जन सवारीसाधनतर्फ देशको संक्रमणमा अर्को कोसेढुङ्गा भएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ । हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२३ को तुलनामा २०२४ मा देशमा कार खरिदको संख्या १.४ प्रतिशतले बढेको छ । सन् २०२४ मा १ लाख २८ हजार ६९१ कार खरिद गरिएको थियो । २०२४ मा खरिद गरिएका सवारी साधनमध्ये १ लाख १४ हजार ४ सय विद्युतीय सवारीसाधन खरिद गरिएको थियो ।

 

विद्युतीय सवारीसाधनतर्फ देशको परिवर्तनले सन् २०२५ को शून्य उत्सर्जन लक्ष्य हासिल गर्न नजिक ल्याउने विश्वास त्यहाँको सरकारले गरेको छ । ‘हामीले सन् २०२५ को लक्ष्य हासिल गर्न सकेका छैनौं तर नर्वे जत्तिकै अन्य कुनै पनि देश आउन सकेको छैन,’ ओएफभीका निर्देशक ओविन्ड सोल्बर्ग थोर्सनले पत्रकार सम्मेलनमा भने । विद्युतीय कारको बिक्री ह्वात्तै बढदा लक्ष्य नजिक पुग्न खोृजिरहेको पनि उनले बताए । तर अब पूर्ण दश प्रतिशत प्राप्त गर्न यसरी नै बिक्री कायम गर्नु पर्नेछ ।

 

कुन ब्रान्डका  सबैभन्दा धेरै बिक्री
सन् २०२४ मा नर्वेजियन बजारमा सबैभन्दा चर्चित ब्रान्डको प्रभुत्व रहनेछ, जसमा एलन मस्कको टेस्लाले १८.९ प्रतिशतसम्म बिक्री गर्‍यो, त्यसपछि फोक्सवागन र टोयोटा, भोल्भो र बीएमडब्ल्यू सबैभन्दा बढी बिक्री भएको बिधुतीय सवारी साधानमा गनिएको छ । यसका साथै चिनियाँ विद्युतीय कार ब्रान्ड प्रति पनि नर्बेजियन जनताको झुकाव बढेको देखिन्छ । जस्तो कि एमजी, बिवाइडी, पोलस्टार, एक्सपेङ जस्ता चिनिया ब्रान्डको पनि उत्तिकै मात्रामा बिक्री बढेको छ। सन् २०२४ मा देशमा बिक्री हुने शीर्ष १५ ब्रान्डमा चिनियाँ ब्राण्डहरू पनि परेका छन् ।

 

नर्वेमा कसरी आयो विद्युतीय सवारी साधन

नर्वेले २०१६ देखि शून्य उत्सर्जन वाहनहरूको लागि काम गरिरहेको छ। सन् २०१६ मा मुलुकले सन् २०२५ सम्ममा पेट्रोल र डिजेल सवारी साधनको बिक्री पूर्णरुपमा अन्त्य गर्ने लक्ष्य राखेको थियो । यसका लागि नर्वेले कर छुट, कम टोल, निः शुल्क पार्किङ र सब्सिडी चार्जिङलगायतका सबै कुरालाई जनतालाई विद्युतीय सवारीसाधनतर्फ लैजान लागू गरेको थियो । सेप्टेम्बर २०२४ मा ओएफभी ले रिपोर्ट भनेको थियो नर्वे पहिलो देश हुनेछ, जहाँ सडकमा विद्युतीय कारहरूको संख्या पेट्रोल डिजेल गाडीहरू भन्दा बढी मात्रामा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९