काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.६५ अंकले बढेको छ । यससँगै सूचक २६५४.३४ विन्दुमा आएको छ । १ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८४ कम्पनीको १६ हजार २६ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।
काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...




















































































































































