काठमाडौं । सेयर कारोबार सामान्य अंकले बढेको छ । धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो ।अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेको नेप्से बुधवार भने २ हजार ६५३.२३ बिन्दुमा पुगेर रोकिएको छ ।जसअनुसार ७२ हजार १ सय २० पटक भएको कारोबारमा १ करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भएका छन । जसबाट ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बुधवार घटेको हो । गत मंगलबार ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...




















































































































































