पनामा नहरमा चीन-अमेरिका ब्यापार युद्द सुरू हुने, पनामाका राष्ट्रपति चीन प्रति लचक

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहरमाथि नियन्त्रणको कुरा गरिरहेका छन् । एट्लान्टिक र प्रशान्त महासागरलाई जोड्ने यो नहरलाई चिनियाँ सैनिकले नियन्त्रणमा लिएको ट्रम्पले आरोप लगाएका थिए । यसबाहेक अमेरिकी जहाजबाट बढी भाडा लिने गरेको दाबीसमेत गरेका थिए ।

आफू राष्ट्रपति भएपछि भाउ घटाउन नसके चाँडो नहरको नियन्त्रण अमेरिकालाई दिनुपर्ने र कुनै प्रश्न नगरी माग गर्ने चेतावनीसमेत दिएका छन् । अब पनामा नहरका प्रशासकले ट्रम्पको दावीको बारेमा आफ्नो दृष्टीकोण बाहिर ल्याएका छन । समाचार अनुसार पनामा नहर प्रशासक रिकोर्ट भास्केजले एक अन्तर्वार्तामा ट्रम्पको दावीलाई खण्डन गर्दै भने कि,‘ चीनले यो नहर नियन्त्रण गरिरहेको छैन।’ उनका अनुसार नहरको दुबै छेउमा बन्दरगाहमा सञ्चालित चिनियाँ कम्पनी हङकङ कन्सोर्टियमको हिस्सा भएको भने बताए, जुन अधिकार हङकङले सन १९९७ बोलपत्र प्रक्रियामार्फत हात पारेको थियो ।

 

तर, ट्रम्पले अमेरिकी र ताइवानी कम्पनीहरूले नहरका अन्य बन्दरगाहहरू नियन्त्रण गर्ने बताइ सकेका छन । ट्रम्पले नहरको नियन्त्रण लिन सैन्य बल प्रयोग गर्न पनि नहिचकिचाउने बताइसकेका छन ।पनामामा बनेको पानामा नहर ८२ किलोमिटर लामो छ। यसले क्यारिबियन सागरलाई प्रशान्त महासागरसँग जोड्छ। यसअघि फ्रान्सले यसलाई बनाउने प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन । अमेरिकाले सन् १९०४ र १९१४ को बीचमा यसलाई बनाएको थियो। त्यसपछि अमेरिकी सरकारले केही दशकसम्म यसलाई नियन्त्रणसमेत गरेको थियो, जुनबेला पनामा त्यतिबेला कोलम्बियाको हिस्सा थियो।

 

न्युयोर्क टाइम्सका अनुसार कोलम्बियाले प्रस्तावित नहर सन्धिलाई अस्वीकार गर्दा अमेरिकी सरकारले विद्रोहीहरूलाई समर्थन गरेको थियो। जसका कारण कोलम्बियाका उत्तरी प्रान्तहरू छुट्टिएर अलग्गै पनामा गणतन्त्र गठन गरियो। त्यसपछि अमेरिकी नौसेनाले कोलम्बियाली सेनालाई विद्रोह दमन गर्नबाट रोकेको थियो ।

 

नयाँ देश बनाए पनि पनामा नहरमाथि अमेरिकाको नियन्त्रणका कारण सन् १९६४ मा पनामामा अमेरिका विरोधी दंगा हुन गयो । त्यसपछि अमेरिका नहर सम्बन्धमा नयाँ सम्झौता गर्न बाध्य हुन पुग्यो । अमेरिकी राष्ट्रपति जिमी कार्टरले १९७७ मा पानामाका नेता ओमार इफ्रेन टोरीजसँग कार्टर–टोरीज सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौताले पनामा नहरको स्थायी तटस्थताको ग्यारेन्टी गरेको थियो । अमेरिकाले सन् २००० सम्ममा नहरमाथिको आफ्नो नियन्त्रण त्याग्नु पर्नेसमेत उल्लेख गरिएको थियो । जसका कारण सन १९९९ मा पनामाले नहरको पुर्ण नियन्त्रण लियो र त्यसबेलादेखि यो पनामा नहर प्राधिकरणद्वारा संचालित हुदैँ आएको छ। पनामा नहर प्रशासक रिकोर्टे भास्केजले तटस्थता सन्धिका कारण अमेरिकी ध्वजवाहक जहाजहरूलाई विशेष सुबिधा दिन नसकिने बताए।

 

गत महिना ट्रम्पको बयानमा पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले भनेका थिए, ‘पनामा नहर र यसको वरपरको क्षेत्रको प्रत्येक वर्ग मिटर पनामाको हो।’
ट्रम्पको दावीको खण्डन गर्दै उनले अमेरिकी जहाजलाई धेरै शुल्क नलिइएको पनि खुलाएका थिए । ट्रम्पको दावीको विपरीत चिनियाँ सेनाले पानामा नहरलाई नियन्त्रण गर्दैनन्। राष्ट्रपति मुलिनोले बिहीबार भने, ‘पनामा नहरमा चिनियाँ सैनिक छैनन्। विश्वका हरेक देश नहर प्रयोग गर्न स्वतन्त्र छन्।’ यद्यपि, हङकङको कम्पनी सीके हचिसन होल्डिङ्सले नहरको प्रवेशद्वारमा दुईवटा बन्दरगाहको व्यवस्थापन भने गरिरहेको छ ।

 

जसका कारण  अमेरिकाको सुरक्षा चिन्ता बढाएको विज्ञहरू बताउँछन्। न्युयोर्क टाइम्सका अनुसार वाशिंगटनस्थित थिंक ट्याङ्क, रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अमेरिकाका कार्यक्रम निर्देशक रायन सी बर्गले भने, ‘चिनिया कम्पनि सीके हचिसनसँग पनामा नहर हुँदै जाने हरेक जहाजको डाटा हुन सक्छ।’

 

चीनले आफ्नो जहाज र समुद्री गतिविधिमार्फत विदेशी गुप्तचर र जासुसी सङ्कलन गरिरहेको अमेरिकाको बुझाइ। तर, चीनले भने सधैं झैं पनामा नहरमा पनामाको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको छ। अमेरिकापछि चीन पानामा नहरको दोस्रो ठूलो प्रयोगकर्ता मुलुक हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९