काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ । यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ । ११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता सेयर कारोबार भएको छ ।१२ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो ।
काठमाडौँ, विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...