
हैदाराबाद । साउथ स्टारका फ्यानहरुको क्रेजको स्तर नै अरू भन्दा फरक छ । यहाँका फ्यानले रजनीकान्तलाई भगवानको दर्जा दिएका छन् । जब पनि उनको कुनै पनि फिल्म रिलिज हुन्छ, उनको पोस्टरलाई दूधले नुहाएको देखिनु सामान्य जस्तै हो । यसबाहेक फिल्म रिलिजको समयमा पटाका फाल्ने पनि सामान्य कुरा हो । तर, एउटा अचम्मको हद पार गरेर फ्यानहरूले गरे, अहिले उनीहरू पक्राउ परेका छन । खासमा नन्दमुरी बालकृष्णका फ्यानले सिनेमा हलमा बोकाको बलि दिए पछि उनीहरूलाइ पक्राउ गरिएको हो ।
यस विषयमा तिरुपति प्रहरीले ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । वास्तवमा जनवरी १२ मा तेलुगु फिल्म अभिनेता नन्दमुरी बालकृष्णको फिल्म ‘डाकु महाराज’ तिरुपतिको टाटानगरको प्रताप थिएटरमा रिलिज भएको थियो। फिल्म प्रदर्शन हुनु अघि यहाँको एक सिनेमा हलमा बोकाको बलि दिएर नन्दमुरीको पोस्टरमा त्यसको रगत लगाउने कार्य गरियो ।
पशु अधिकारकर्मी संस्था पेटाले इमेलमार्फत प्रहरीसँग आफ्नो गुनासो गरेको थियो ।तिरुपतिका पूर्व उप विभागीय पुलिस अधिकारी वेंकट नारायणले लाई भने कि जनवरी १६ वाट यस विषयमा अनुसन्धान गरिएको थियो र पुलिस स्टेशनमा मुद्दासमेत दर्ता गरिएको थियो। जसअनुसार शंकरैया, रमेश, सुरेश रेड्डी, प्रसाद र मुकेश बाबुलाई पिपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा)ले दायर गरेको उजुरीमा पक्राउ गरिएको उनले जानकारी दिए ।
यस पशु बलिमा संलग्न भएको आशंकामा प्रहरीले अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ। वास्तवमा, यो सम्पूर्ण घटनाको एक भिडियो भाइरल भए पछि सार्बजनिक भएको थियो, जसमा एक व्यक्ति अगाडि उभिएर बलि दिइरहेको देख्न सकिन्छ भने अन्य मानिसहरू र सिनेमा हलमा बसेका दर्शकहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।
भारतीय प्रहरीले भारतीय न्याय संहिता २०२३ को धारा ३२५ र २७० अन्तर्गत मुद्दा दर्ता गरेको छ । यी सबै मुद्दाहरू जनावरहरूको क्रूर हत्या र अशान्ति फैलाएको आरोपमा दर्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।