युद्दबिराम लागु हुनु भन्दा अगाडी इजरायलको हमला जारी

गाजा। इजरायली सेनाले गाजामा आक्रमण गरिरहेको छ। प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार इजरायली सेनाले मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा आवासीय भवनहरू उडाएको छ।इजरायली सेनाले उत्तरी गाजा सहरमा हवाई आक्रमण र दक्षिणी रफाह सहरमा गोलाबारी समेत गरेको उल्लेख छ । हताहतको बारेमा तत्काल कुनै जानकारी आएको छैन।

 

इजरायल हमास युद्धविराम लागू हुन केही घण्टा बाँकी रहेका बेला यी आक्रमणहरू भएका हुन्।प्यालेस्टिनी सिभिल डिफेन्सले बुधबार युद्धविराम सम्झौता घोषणा भएदेखि इजरायली सेनाले कम्तीमा १२२ प्यालेस्टिनीहरूलाई मारेको जनाएको छ, जसमा अधिकांश महिला र बालबालिका छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१