आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा भने जर्मनी र आमा स्कटिस थिए

काठमाडौं। अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् ।उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन । उनले राष्ट्रपतिमा निर्वाचित भए पछि हिजो लिएको पद तथा गोपनियताको सपथ ग्रहण पछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन र अबैध आप्रावासीलाइ देश निकाला गर्नेसमेत जनाइसकेका छन् ।

 

सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन घोषणा गरेका थिए । जसमा अबैध आप्रवासीलाइ देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरेका हुन ।तर, तपाइलाइ थाहा नहुन सक्छ, ट्रम्पका पुर्खा भने जर्मनी थिएँ भन्ने उनकी आमा स्कटिस थिइन् ? आउनुहोस, उनका हजुरबुवा जर्मनवाट कसरी अमेरिका पुगे ? भन्ने जानकारी गराउने छौं ।

 

 

खासमा ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीका बासिन्दा थिए। फ्रेडरिक ८ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो। उनी बाल्यकालदेखि नै कमजोर थिए, जसका कारण खेतीपाती गर्न सकेनन् । जसका कारण उनकी आमाले उनलाई नाई बन्ने तालिम दिलाइन ।

 

लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्सः थ्री जेनेरेसन्स द बिल्ट एन एम्पायर’ मा लेखेकी छिन् कि फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे। तर, १६ वर्षको उमेरमा ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीवाट भागेर अमेरिका गए । वास्तवमा त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानुन थियो । यसबाट डराएर फ्रेडरिकले देश छोडेका थिए । उनीहरु १० दिनको यात्रा गरेर अक्टोबरमा न्यूयोर्क पुगेका थिए ।

 

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले । केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले । उनको यो ब्यापार सुरु भयो । तिनीहरूको खानीबाट धेरै सुन निस्कियो।फ्रेडरिक केही वर्षमै धेरै धनी भए। केही वर्षपछि फ्रेडरिक फेरी जर्मनी फर्किए र सन् १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे। बिबाह पछि दुवैजना अमेरिका फर्किए । तर एलिजाबेथलाई अमेरिकाको जाडो मन परेन। उनी बिरामी पर्न थालिन् । आफ्नी पत्नीको अवस्था देखेर फ्रेडरिक फेरि १९०४ मा जर्मनी नै फर्किए ।

 

तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन। फ्रेडरिकलाई देश छोड्न आदेश दिइएको थियो। फ्रेडरिकले जर्मनीमा टिकट सम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टहरूमा दावी गरिएको छ। यसबाट रिसाएर बाभेरियाका राजाले उनलाई देश छोड्न आदेश दिए।

 

फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई न्यूयोर्कमा ल्याए। केही महिनापछि एलिजाबेथले पनि अमेरिका पुगे पछि डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्पलाई जन्म दिइन्। डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्प फ्रेडरिकका तीन सन्तानको बीचमा थिए। उनको जन्म ११ अक्टोबर १९०५ मा न्यूयोर्कमा भएको थियो । उनका बुबा जर्मनीबाट भए पनि फ्रेड भने पूर्णतया अमेरिकी थिए र जर्मन भाषासमेत जान्दैनथे। उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरेका थिए । फ्रेड भने बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो। स्कुलपछि राति निर्माणसँग सम्बन्धित प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने कामसमेत गरेका थिए ।

१९१८ मा जब उनी भर्खर १५ वर्षको थिए । बुबा फ्रेडरिकको मृत्यु भयो, र परिवारको सबै जिम्मेवारी उनी माथमाथि आयो। सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक घर जग्गा कम्पनी खोले । खासमा, फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए र छोटो समयमा उनी न्यूयोर्कका सबैभन्दा सफल युवा व्यापारीहरूमध्ये एक हुन पुगे ।

 

विशेष गरी उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै धेरै घरहरू बनाएका थिए । उनले ब्रुकलिन र क्वीन्सजस्ता क्षेत्रमा सस्तो घरहरू बनाएर मानिसहरूलाई त्यहाँ भाडामा बस्न दिने गर्थे। उनका परियोजनाहरू ठूला थिए, जसले उनलाई राम्रो नाफा दिएको थियो । यो सन १९३० को दशक थियो, जब फ्रेड ट्रम्प एक पार्टीमा गए, जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे। माइकल क्रानिश र मार्क फिशरले जीवनी ‘ट्रम्प रिभल्ड’ मा उल्लेख गरेका छन ।

 

त्यही रात, जब फ्रेड घर फर्के, उनले घोषणा गरे कि उनले विवाह गर्ने महिला फेला पारेका थिए र त्यसपछि १९३६ मा मेरी एनी म्याकलोडसँग विवाह गरेर घरजम बसाए ।फ्रेडको व्यापार निरन्तर बढ्दै गयो। तर, उनीसँग जोडिएका केही विवाद पनि थिए । खासमा १९७० मा उनीमाथि अश्वेतहरूलाई घर भाडामा नदिएको आरोप लगाइएको थियो। यसका लागि उनीविरुद्ध मुद्दा परेको थियो, जुन पछि टुंगिएको थियो ।

 

 

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो । धनी परिवारमा जन्मेका कारण डोनाल्ड ट्रम्पको बारेमा भनिन्छ कि उनी ‘चाँदीको चम्चा लिएर जन्मेका’ हुन् । डोनाल्ड ट्रम्प फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन्।

 

 

ट्रम्प आफ्ना भाइ फ्रेड जुनियर र दुई बहिनीहरूभन्दा जेठा थिए। यसबाहेक एक भाइ रोबर्ट ट्रम्प उनीभन्दा कान्छो थिए। फ्रेड कडा र अनुशासनात्मक बुबा थिए। उनी आफ्ना छोराछोरीहरू मेहनती र ठूलो सपना देख्न चाहन्थे। उनको छोरा डोनाल्डलाई पनि विशेष स्नेह थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९