बैंकक । थाइल्याण्डमा आज ११४८ समलिङ्गी जोडीले सामुहिक बिबाह गर्दैछन् ।राजधानी बैंककमा मात्रै लगभग ३११ समलिङ्गी जोडीहरूले आज बिबाह दर्ता गर्दैछन् । बैंकक प्राइडले लक्जरी सियाम प्यारागन शपिंग मलमा आयोजना गरेको कार्यक्रममा उनीहरू उपस्थित हुदैँछन् । बैंककका अन्य जोडीहरू सहरका ५० जिल्ला कार्यालयहरू मध्ये कुनै एकमा जानेछन, जहाँ उनीहरूका लागि पायक पर्नेछ । यद्यपि केही जिल्ला र क्षेत्र भने शुभ नामको कारणले अरूहरू भन्दा बढी लोकप्रिय छन्। उदाहरणको लागी ‘ब्यांग राक’ जिल्ला, जसको अर्थ ‘प्रेमको जिल्ला’ हो र ‘बैंग सु’ जिल्ला जसको अर्थ हो, ‘इमानदारीको जिल्ला’, जो समलिङ्गीहरूले आफ्नो बिबाहका लागि दर्ता गराउन चुनिएका जिल्लामा पर्छन् ।
देशभरि, कम्तिमा ११४८ समलिङ्गी जोडीहरूले आज साँझसम्म सामुहिक विवाह गर्ने दावी गरिएको छ। एलजिबिटीका कार्यकर्ताहरू भन्छन्, ‘विवाह समानताको लागि परिवर्तन ११४८ जोडीहरू यसमा सहभागी हुनेछन ।थाइल्यान्डको संसदले गत बर्ष पारित गरेको र गत वर्ष नै राजाद्वारा अनुमोदित कानून अन्तर्गत समलिङ्गी जोडीहरूले पूर्णरूपमा कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्ने अधिकार दिईएको थियो ।
प्रधानमन्त्री पातोङ्गटार्न सिनावात्राले गत हप्ता एक कार्यक्रममा यो घटनालाइ देशको सफलता भन्दै प्रशंसा मात्रै गरेनन्, जब उनले दर्जनौं एलजिबिटी जोडी र त्यसका लागि लडिरहेका सामाजिक कार्यकर्तालाई सरकारी कार्यालयहरूमा आमन्त्रित गरेर भोजसमेत दिएका थिए । बिहिवार हुने बिबाह समाराेहलाइ कतिपय सरकारी निकायले पनि सहयाेग गरेका छन् ।


































































































































































