काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ । राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर उपाधीका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो ।





















































































































































