काठमाडौं।नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाईएको छ।संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
दमौली (तनहुँ), नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६...


























































































































































