रानीजरुवा सामुदायिक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

आइतबार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा सदस्य राम बहादुर चौधरी रहनु भएको थियो । यसैगरि बिशिस्ट अतिथिमा बर्दगोरिया सव डिभिजन कार्यालय वनका फरिस्टर राम बहादुर रावल र शसस्त्र प्रहरी बेश क्याम्प झकडपुरका वरिष्ट सही वीरेन्द्र बहादुर चन्द रहनु भएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताउनु भयो । सामुदायिक वनका लेखा समिति संयोजक नवराज टमटाले लेखा परीक्षण प्रतिवेदन उपभोक्ता बीच पेश गर्नु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ को १३ लाख २१ हजार ५ सय ४३ रुपैयाँ ८७ पैंसा बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

 

सामुदायिक वनका सदस्य भक्त बहादुर बन्तोलाले स्वागत गरेको कार्यक्रममा दानुवाफाटा नमूना सामुदायीक वनका उपाध्यक्ष नन्दराम विष्ट, न्यू जोति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढाथोकी, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक पदम तिरुवा, न्यू जोति आधारभूत विद्यालयका निमित प्रधानध्यापक उपेन्द्र सुनार र समाज सेवी खेम विक लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रमको समापन गर्दै वन जोगाउन एक जना अध्यक्ष मात्र भएर नहुने भन्दै अध्यक्ष लाल सिंह विश्वकर्माले सबै उपभोक्ताहरु जागरुक हुने पर्ने बताउनु भयो । वन समितिले विभिन्न बाटोहरु मर्मत, महिलाहरुका लागि सीप मुलक तालिम उपभोक्ताहरुलाई बंगुरका पाठाहरु पनि बितरण गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए । आगमी आर्थिक बर्षमा बन समितिलाई उपभोक्ताहरुले साथ दिए रोजगार सम्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष विश्वकर्माले बताए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष भीम वहादुर बुढाले गर्नु भएको थियो। सामुदायिक वनमा अहिले सम्म १ सय ६० जना उपभोक्ता आवद्ध रहेका छन। कार्यक्रममा उपभोक्ताहरु बाक्लो उपस्थिति रहेको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?