जन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि

काठमाडौं ।नेपाली रंगमञ्चका गायक रामकृष्ण ढकाललाई धेरैले लोकप्रिय, सर्वप्रिय र सदाबाहार जस्ता उपनाम दिने गरेको पाइन्छ । तर उनकै जन्मथलो निजगढमा भने ढकाललाई ‘गायन सम्राट’ उपनाम दिइएको छ । निजगढ उद्योग बाणिज्य संघको आयोजना भइरहेको “प्रथम निजगढ महोत्सव– २०८१” मा आफ्नो प्रस्तुति दिन निजगढ आएका गायक ढकाललाई निजगढ नगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मान पत्रमा ‘गायन सम्राट’को उपाधि दिइएको हो ।

 

नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले हस्ताक्षर गरेर प्रदान गरेको सम्मान पत्रमा भनिएको छ– ‘नेपालको प्रसिद्ध क्षेत्र बाराको निजगढमा जन्मिएर बाल्यकालदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै करिब चार दशकदेखि अविच्छिन्न रूपमा योगदान दिइरहनुभएका तपाई श्री रामकृष्ण ढकालको नाम देशदेशावरमा फैलिएको छ ।’ अगाडि भनिएको, ‘संसारभर छरिएका नेपालीहरूमाझ गीत सङ्गीतलाई पु¥याउन यहाँले गर्नुभएको अतुलनीय योगदानप्रति यो क्षेत्र सदैब कृतज्ञ र ऋणी रहेको छ । नेपाली गीतमार्फत सङ्गीत र संस्कृतिलाई पुस्तान्तरण गर्न र निजगढ क्षेत्रलाई सर्वत्र चिनाउन अहम् भूमिका खेल्नुभएकोमा तपाइँलाई समस्त नगरबासीको तर्फबाट सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

 

 

त्यसैगरी स्थानीय संचार गृह निजगढ टाईम्सले पनि ढकाललाई सम्मानपत्र सहित ढकाललाई ‘गायन सम्राट’को उपाधि दिएको छ । निजगढ टाईम्सका अध्यक्ष इन्दीप कोइरालाले सोही अवसरमा सम्मानपत्र सहित सो उपाधि दिएका हुन । कार्यक्रममा ढकालले ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस’, ‘मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ’, ‘मलाई यो जिन्दगीले कहाँ पुग्यायो कहिले हँसायो कहिले रुवायो’ जस्ता एक दर्जन गीत प्रस्तुत गरेका थिए ।गीतसँगै बोल्ने क्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्ध बारेमा पटकपटक चर्चा गरेका थिए । ‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पुगिसके, उनले भने–‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सँधै सम्झना आइ नै रहन्छ ।’ त्यसैगरी बाल्यकालमै जन्मस्थान निजगढ छोडेर अन्यत्र लाग्नुपरेकोमा उहाँले दुःख मनाउ पनि गरेका थिए ।ढकालको निजगढ ६ सडकटोलमा ४० वर्षअघि जन्म भएको थियो । ढकाल बिहिवार बिहान आफ्नो जन्मघर हेर्न सडक टोल पनि गएका थिए । २०३५/०३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा बसाँई सरेको उहाँको परिवार त्यसपछि चितवनको जुगेडीमा बस्दै आएको थियो ।दोस्रो पटक आफ्नो जन्ममूमिमा प्रस्तुति दिन आएका ढकालको गीत सुन्न हजारैको सख्यामा सर्वसाधारणको उपस्थिति रहेको निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायत स्थानीय जनप्रतिनिधि र संगीतप्रेमीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

पश्चिम नवलपरासी–२ मा रास्वपाका गुप्ता निर्वाचित

नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापश्चिम), पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उहाँले ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९