Baigyanik Media

Advertisement

Skip Ad

डिभोर्स पछि दक्षिण भारतीय हिराेइन सामान्था निर्देशकसँग ‘डेट’ मा

हैदाराबाद । सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो । वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्रीसँग अर्कैसँग जोडिएर नाम चर्चामा आएको हो  । त्यस बेला देखि सुरु भएको हो, जब अभिनेत्री पिकलबल प्रतियोगिता हेर्न गइन्, जसको तस्विर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा शेयरसमेतण् गरिन् । यी तस्विरहरूमा सामन्था ‘सिटाडेल हनी बन्नी’ निर्देशक राज निदिमोरुसँग देखिएकी छिन् । त्यसपछि यी दुबैको डेटिङको खबर बाहिर चलेको हो ।

 

सामन्था वल्र्ड पिकलबल लिगको खेलमा चेन्नई सुपर च्याम्प्स टोलीकी मालिक हुन्, जब अभिनेत्री फेब्रुअरी १ ​​मा खेल हेर्न गएकी थिइन्, उनले खेलको क्रममा तस्विरहरू सेयर गरेकी थिइन् । यी मध्ये एक तस्बिरमा सामन्था र राज एकअर्काको हात समातेको देखिए पछि फ्यानले दुवैसँगै रहेको अनुमान गरेका छन् । यद्यपी यस अफवाहको बारेमा न त उनीहरुले कुनै प्रतिक्रिया दिएका छन्, न त यसको कतैवाट पुष्टि हुन सकेको छ ।

 

सामन्था र राजको कुरा गर्ने हो भने यी दुवैले अहिलेसम्म दुईवटा प्रोजेक्टमा सँगै काम गरिसकेका छन्, जसमध्ये एउटा ‘सिटाडेल हनी बन्नी’ र अर्को ‘द फ्यामिली म्यानः २’ हो । यति मात्र होइन, दुवैले आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’मा पनि सँगै काम गरिरहेका छन् ।आफ्नो एक अन्तर्वार्तामा अभिनेत्रीले राज र डीकेको बारेमा भनेकी थिइन् कि उनीहरुले मलाई करियरमा चुनौतिहरु लिन प्रेरित गरिरहेकाका छन् । पोस्ट सेयर गर्दै उनले लामो क्याप्शन लेखेकी छिन्, जसमा उनले यो रोलर कोस्टर यात्रामा राज र हिमांकबाट राम्रो साथीको आशा गर्न सक्ने भन्दै भावुक कुरा लेखेकी थिइन् ।

 

फिल्म निर्माता राज निदिमोरुले धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन् तर डीकेसँग उनको जोडी बढी चर्चित छ। राज निदिमोरु र कृष्ण दशरको थापल्ली डीके चलचित्र जगतमा निकै चर्चित जोडी हुन् । यी दुबैले सँगै पहिलो फिल्म ‘शादी’ बनाएका थिए, जुन सन् २००२ मा रिलिज भएको थियो । यो छोटो फिल्म थियो तर दुबैले ‘द फ्यामिली म्यान’ पश्चात् दर्शकमाझ पहिचान बनाएका थिए ।सामन्थाको कुरा गर्ने हो भने नायिकाले २०१७ मा नागा चैतन्यसँग विवाह गरे पनि २०२१ मा दुवैले एकअर्कासँगको सम्बन्ध तोडेका थिए । गत वर्ष अर्थात २०२४ मा नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गरिसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि विदेशी मुद्राको निर्धारण

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ, तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९