Baigyanik Media

Advertisement

Skip Ad

ह्वाइटहाउस फेस्टिभल बुधबारदेखि

काठमाडौं। काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ। कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो श्रृङ्खला हो। फेस्टिभल माघ २३, २४ र २५ गते कलेज परिसर तीनकुनेमा हुनेछ।माध्यमिक तहका विद्यार्थीलाई पढाइका अतिरिक्त साहित्य, सङ्गीत, कला, खेलकुद, राजनीति लगायतका यावत् क्षेत्रमा सहभागी बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक शैलेन्द्र अधिकारीले बताए । महोत्सवको पहिलो दिन कानुनका विद्यार्थीहरूको मुट कोर्ट, विज्ञान तथा आइटि प्रदर्शनी लगायतका कार्यक्रमहरू राखिएका छन्। मुट कोर्टमा त्रिवि कानुन संकायका सहायक डिन प्रा.डा. ज्ञानेश्वर पराजुली तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायाधीशको रुपमा रहनेछन्।

 

 

कलेजकै पूर्व विद्यार्थी समेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काद्वारा उद्घाटन हुने पहिलो दिनको कार्यक्रममा विज्ञान प्रदर्शनीहरू प्रदर्शन हुने छन् भने विज्ञानः जिज्ञाशाको जवाफ विषयको सत्रमा त्रिवि विज्ञान संकायका पूर्व डिन डा. विनिल अर्याल तथा आइटि विज्ञ डा. गजेन्द्र शर्मा र इन्जिनियर्स एशोसियशनका अध्यक्ष सुबास चन्द्र बरालले विद्यार्थीहरूसँग संवाद गर्नेछन्। पहिलो दिनको अर्को सत्रमा  ‘उद्यमः कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा कलेजकै पूर्व विद्यार्थी तथा खल्ती एपका निर्नेशक अमित अग्रवाल र सिए तथा कन्टेन्ट क्रिएटर अनुपमा संग्रौलाले उद्यमि निरज भट्टको सहजिकरणमा विद्यार्थीहरूसंग संवाद गर्नेछन्। पहिलो दिनको अन्तिम सत्रमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको संवाद हुनेछ भने विद्यार्थीहरूका विभिन्न प्रतिभा प्रदर्शन हुनेछ। कार्यक्रमस्थलमा विद्यार्थीहरूका प्रदर्शनी राखिएका ४५ वटा स्टल रहनेछन्।

 

 

दोस्रो दिन माघ २४ गते लिटरेचर फेस्टिबलको औपचारिक उद्घाटन डा. भगवान कोइराला लगायतका व्यक्तिहरूको विशेष आतिथ्यमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा राउटे समुदायका ४ जना प्रतिनिधिहरूसँग पत्रकार दीपक सापकोटाको संवादबाट फेस्टभल सुरु हुनेछ।  तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा साहित्य, संस्कृति, राजनीति, प्रविधि, कला र समाजका विविध पक्षमाथि गहन छलफल हुनेछ। नेपाली साहित्य, संस्कृति, राजानीति तथा विचारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त लेखक, पत्रकार, कलाकार, राजनीतिक विश्लेषक, प्राज्ञिक व्यक्तित्व तथा विविध क्षेत्रका विज्ञ वक्ताहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो दिन विज्ञान, प्रविधि, हास्यव्यंग्य र शिक्षाका विषयमा बहस तथा प्रस्तुति रहनेछ। दोस्रो दिन ‘राजनीति: विकास कि आकर्षण?’, ‘साहित्य, संगीत र अभिनय’ लगायतका विषयमा ख्यातिप्राप्त वक्ताहरूले विचार व्यक्त गर्नेछन्। यस्तै, ‘धमलाको हमला’ शीर्षकमा चर्चित पत्रकार ऋषि धमलाको विशेष सत्र पनि रहनेछ।

 

 

अन्तिम दिन न्याय, प्रविधि, खेलकुद, विकास, उद्यमशीलता, कविता वाचन र सांगीतिक प्रस्तुति जस्ता विविध कार्यक्रम समेटिएको छ। अर्थविद् एवं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले नेपालको विकासका बारेमा विद्वत् प्रवचन दिनेछन्। ‘न्याय र समाज’ विषयमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले विद्वत् प्रवचन  राख्नेछिन् भने ‘एआई र भविष्य’ विषयक सत्रमा प्रविधि विज्ञहरूको अन्तरक्रिया हुनेछ। महोत्सवको समापनअघि कविता कन्सर्ट तथा लाइभ ब्याण्ड म्युजिकको विशेष प्रस्तुति हुनेछ।यस महोत्सवले नेपाली साहित्य, विचार, प्रविधि, संस्कृति र समसामयिक विषयहरूलाई बहसको केन्द्रमा ल्याउँदै समाजमा ज्ञान र सृजनशीलताको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। सबै साहित्यप्रेमी, विद्यार्थी, तथा विचारशील व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन कलेजले निमन्त्रणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९