कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको कुम्भिया ग्रामीण बिधुत सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा ८ औ चुनावी सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष खगेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा समाजसेवि उपेन्द्र बम, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज स्वार, महालक्ष्मी ग्रामीण बिधुत सहकारीका अध्यक्ष अमर बम रहनु भएको थियो ।
प्रमुख अतिथी वडा अध्यक्ष गोबिन्द बि क ले संस्थाले राम्रो काम गरेको छ ,अझै प्रगती गरोस भन्ने शुभकामना ब्यक्त गरे । यसै गरि वडा अध्यक्ष बि क ले संस्थाले पुरस्कार बितरण गर्दा उपभोक्तामा राम्रो सन्देश जाने र बक्यौता रकम नरहने हुदा यो राम्रो कार्य भएको बताए । उनले भने संस्थाको प्रगतिका लागि आफुहरुले पहिले पनि सहयोग गरेको र अझै पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आर्थिक बर्ष २०८०/०८१ को २५ लाख ,६७ हजार, २ सय ८८ रुपैयाँ बराबरको आय व्यय संस्थाका प्रबन्धक दिपक परियारले प्रस्तुत गरेका थिए । कुम्भिया ग्रामीण बिधुत सहकारी संस्थाका सदस्य मान बहादुर बिक ले स्वागत गरेको कार्यक्रममा मोतिभागिरथी आधारभुत बिधालय ब्यवस्थापन समितीका अध्यक्ष सन्तराम डगौरा, बिधालयका प्र अ टेक बहादुर बम , भलमन्सा गेदुवा डगौरा, समाजसेवी निर्प बहादुर शाह,खेम बहादुर बम लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रबन्धक दिपक परियारले गरेका थिए ।
चुनावी साधारण सभाबाट अध्यक्षमा पुनः खगेन्द्र बहादुर रानामगर निर्वाचित भएका छन । यसै गरि उपाध्यक्ष हस्त बहादुर राना, सचिबमा कैलाश चौधरी, र कोषाध्यक्षम जानकी देवि डगौरा सर्वसहमती बाट निर्वाचित भएका छन । अन्य सदस्य हरुमा विशाल बम, अमर सिंह डगौरा,धौली दमाई र कमला बम, नृप बहादुर शाह निर्वाचित भएका छन । सहकारी संस्थाको सल्लाहकार संयोजकमा उपेन्द्र बम चयन हुदा लेखा समिती संयोजकमा टेक बहादुर बम चयन भएका छन ।
बिधुत सहकारीले महिनाको ११ गते देखि १४ गते सम्म बिधुत महशुल बुझाउने तीन जना उपभोक्ताहरुलाई पंखा दिएर पुरस्कृत गरेको छ । जसमा प्रदेशी डगौरा थारु, रतन सिंह कामी , र प्रेम चन्द डगौरा थारु लाई पंखाले पुरस्कृत गरेको हो । यसै गरि महिनाको ११ गते देखि १९ गते सम्म बिधुत महशुल बुझाउने १२ घर परिवारलाई छनौट गरि बल्ब लाईट बितरण गरेको छ । 

































































































































































