काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा रोकिएको छ ।आज ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ।
भोजपुर, परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो । यही माघ ४ गतेबाट...
























































































































































