१३औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु: १७ देशका ४९ फिल्म सहभागी

काठमाडौँ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ ।

 

यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी छन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रुपमा छन् । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीलगायतले महोत्सव उद्घाटन गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामो प्रयासपछि राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको बताए । उनले धुलिखेलमा इन्डोर चलचित्र छायांकन स्टुडियोको लागि जग्गा प्राप्त हुुनुका साथै निर्माण बोलपत्र आह्वान गरिएको पनि जानकारी गराए ।  महोत्सवलाई सफताको शुभकामना दिँदै अध्यक्ष डिसीले यस्ता अन्तराष्ट्रिय चलचित्र महोत्सवले चलचित्र संस्कृति निर्माणका साथै चलचित्रको प्रवर्धनमा ठुलो मद्धत पुग्ने गरेको भनाई कार्यक्रममा राखे ।

 

नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले १४ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सव अफ्रिकासँगै विश्वका चलचित्रलाई एकै ठाउँमा ल्याएर चलचित्र संस्कृति आदन प्रदानमा मद्धत गर्दै आएको बताए । यस्ता महोत्सवले चलचित्र पर्यटन प्रवर्धनमा मद्धत पुग्ने विश्वास उनले ब्यक्त गरे ।

 

महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले अफ्रिकासँग नेपाललाई चलचित्रबाट जोड्न १४ वर्ष अघिबाट नेपाल अफ्रिका चलचित्र महोत्सव नेपालमा नियमित रुपमा आयोजना गर्दै आएको बताईन् । यो वर्षबाट अफ्रिकाको सँगै अन्य देशका अन्तराष्ट्रिय चलचित्र समेत महोत्सवमा समावेश गरिएको उनले जानकारी गराईन् ।

 

महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सव गर्न निकै यहाँ कठिन हुने गरे पनि चलचित्र विकास बोर्डको केही सहयोगले महोत्सव गर्न थोरै सहज भएको बताए । यसपटक महोत्सवमा भारत, बंगलादेशलगायतका मुलुकका चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी गराए ।

 

महोत्सवका उद्घाटन समारोहमा गायक डेभिड शंकर, नेपाल प्रहरीमा अढाई दशकदेखि टेली चलचित्र निर्देशक, लेखक, कलाकारका रुपमा सेवारत बरिष्ठ प्रहरी नायव निरिक्षक सन्तोष लामा, गायकहरु सुरज पौडेल र सुवास महतलाई सम्मानित गरियो ।

 

महोत्सव उद्घाटन चलचित्रको रुपमा रौनक बिक्रम कँडेल निर्देशित एवम् सिनेमा आर्टस्द्धारा निर्मित चलचित्र द रेड र मोरक्कोको मोहम्मद डबानी निर्देशित अफ्रिकन चलचित्र जैद प्रदर्शन गरियो थियो । महोत्सवमा शनिबार पहिलो दिन चलचित्र छक्का पञ्जा ५, ऐँचो पैँचोसहित एक दर्जन लामा छोटा चलचित्र प्रदर्शन गरियो ।

 

महोत्सवको अन्तराष्ट्रिय तर्फ १६ देशका १९ चलचित्र छन् । अन्तराष्ट्रिय विधाको निर्णायकमा दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक क्याथेरिन सोफियानोस, भारतबाट चलचित्र निर्देशक अंकित बाघ्छी, बँगलादेशबाट चलचित्र निर्देशक  साहदत रुसेल र नेपालबाट चलचित्र निर्माता निर्देशक एवम् अभिनेत्री रोशनी केसी, छन् ।

 

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र छन् । जसमा ७ वटा फिचर चलचित्र छन् । नेपाली कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे छन् ।

 

यस्तै नेपालकै २३ वटा लघु चलचित्र, भाषाभाषी चलचित्र, बृत्तचित्र र विधार्थी चलचित्र यो महोत्सवमा सहभागी छन् । लघु चलचित्र, सांगीतिक लघु चलचित्र एवम् बृत्तचित्रको निर्णायकमा अभिनेता सागर लम्साल क्षत्री, दृष्य सम्पादक रविन विक, गायक रुद्रशेखर शर्मा र गायिका सुजाता केसी छन् । निर्णायकहरुले चलचित्र चयन देखि पुरस्कृत चलचित्र एवम् कलाकार प्राविधिकको चयन गर्नेछन् ।

 

महोत्सवमा यस पटक अन्तराष्ट्रिय तर्फ अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ, क्यामरुनबाट टाटा फिडेलिस निर्देशित जेस्पर पनि रहेका छन् ।

 

अन्तर्राष्ट्रिय समूह तर्फ संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर, डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित बृत्तचित्र लोनी ट्युन्स रहेको छ । यस्तै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ । अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड रहेको छ ।

 

महोत्सवमा शनिबार चलचित्र इफेक्ट मेकअपको एक दिवसीय कार्यशाला आयोजना गरिँदैछ । माधव प्रसाद पाण्डे (सरोज)ले ग्लार मेकअप, जलेको मुहार मेकअप, बुढयौली मेकअप, मोटो मुहारलाई दुब्लो बनाउने मेकअप सिकाउँदैछन् । विना रानामगरले हरर फेस मेकअप, सुजन तिमिल्सिनाले मुहार पेन्टिङ (माक्स मेकअप) र महोत्सव सह निर्देशक सरिता भारतीले विभिन्न अबस्थाको घाउ चोटको मेकअप सिकाउँदैछन् । जसमा दुई दर्जन भन्दा बढी मेकअप आर्टिष्ट सहभागी छन् । महोत्सवमा शनिबार पनि दिनभरी करिब डेढ दर्जन नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९