Baigyanik Media

Advertisement

Skip Ad

यी हुन् भारतका नम्बर १ निर्देशक जसका फिल्मले सबैभन्दा बढी कमाई गरायो

हैदाराबाद । आजकल कुनै पनि चलचित्रको सफलता बक्स अफिसको नम्बरका आधारमा तय गरिने गरिएको छ । आजकल १०० वा २०० करोडको फिल्म बन्नु ठूलो कुरा हुन छाडेको छ तर के तपाईलाई थाहा छ भारतीय सिनेमाका महान निर्देशक को हुन् ? जसको कुनै पनि फिल्म अहिलेसम्म फ्लप भएको छैन् बरू बक्स अफिसमा सदैव तहल्का मच्चाइरहेको हुन्छ । जसको सफलताको दर शत प्रतिशत नै छ ।

 

यदि तपाईको दिमागले तपाईलाई भन्साली, करण जोहर, राजकुमार हिरानी देखि एट्लीसम्म मनमा आउँछ भने मान्नुस, तपाइको बुझाइ गलत हुन जान्छ किनभने यो गलत जवाफ हो। त्यसोभए हामी तपाईलाई बक्स अफिसमा ४२ सय करोड भारतीय रूपैयाँ कमाउने महान निर्देशकको बारेमा बताउने छौं। संकेत दिन्छौं कि यो निर्देशक बलिउडका होइनन्। उनी साउथ फिल्म इन्डस्ट्रीबाट आएका हुन र उनले आफ्ना १२ वटा फिल्मबाट ४२०० करोडभन्दा बढी कमाइ सकेका छन्। जसका कारणा उनलाइ ब्लकबस्टर मेसिन भनिन्छ। जसको आवाज देशमा मात्र नभएर विश्वभरसमेत सुनिएको छ ।

 

उनी अरू कोही होइनन्, भारतका सबैभन्दा सफल फिल्म निर्देशक एसएस राजामौली हुन्, जसका फिल्महरूले बक्स अफिसमा ४२ सय करोड भन्दा बढी कमाई गरिसकेको छ । उनी मूलतः तेलुगु सिनेमामा काम गर्छन्। जसको पान इन्डिया फिल्मले बक्स अफिसमा कमाई गरेको छ ।

 

सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी आफ्नो कथालाई पूर्ण न्याय गर्छन्। कथा, दृश्यदेखि एक्शनसम्म शक्ति छ । जसका कारण उनको फिल्मलाई फ्यानहरुले रुचाइरहेका छन र उनको फिल्म आउने भने पछि प्रतिक्षा गर्न पनि मुश्किल पर्छ । राजामौलीले आफ्नो अखिल भारतीय फिल्म बाहुबली र ग्लोबल हिट फिल्म आरआरआरबाट यो स्थान हासिल गरेका हुन्। उनका अघिल्ला फिल्महरू जस्तै ईगा र मगधीरासहित उनको फिल्मको कुल कमाई ४२५० करोड नाघिसकेको छ। बाहुबलीका दुवै फिल्मले मात्रै २४ सय करोडभन्दा बढी कमाइ गरेका थिए । यस मामिलामा त राजामौलीको कुनै प्रतिस्पर्धी नै छैन।

 

हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने निर्देशक रोहित शेट्टी, हुन् जसका फिल्महरूले करिब ४२०० करोड कमाएको छ । उनी भारतको शीर्ष १० को सूचीमा दोस्रो स्थानमा छन्। यी दुबै निर्देशक हुन्, जसको फिल्मले ३००० करोड भन्दा बढी कमाई गरिको छ। यस हिसाबले यो भन्न सकिन्छ कि रोहित शेट्टी ती निर्देशक हुन्, जो राजामौलीसँग प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ। तेस्रो सबैभन्दा धेरै कमाउने निर्देशक पुष्पा फिल्मका निर्देशक सुकुमार हुन्, जसका फिल्महरूले कुल २६५० करोड भन्दा बढी कमाई गरिसकेको छ । हिन्दी फिल्म निर्देशक सिद्धार्थ आनन्द र नितेश तिवारी शीर्ष ५ मा परेका छन्, जसको फिल्मले २४०० करोडभन्दा बढी कमाई गरेको छ। २००० करोडको क्लबमा राजकुमार हिरानी र प्रशान्त नील जस्ता नामहरू पनि समावेश रहेका छन्।

 

एसएस राजामौलीको करियरको बारेमा कुरा गर्दा उनले आफ्नो दशकौं लामो करियरमा केवल १२ चलचित्र मात्रै निर्देशन गरेका छन् र ती सबै बक्स अफिसमा सफल पनि भएका छन्। उनका प्राय सबै फिल्मले अघिल्लो फिल्म भन्दा धेरै कमाइ गर्ने गरेको छ । उनका पछिल्ला तीन चलचित्र अल टाइम ब्लकबस्टर साबित भएका छन् भने उनका थप दुई चलचित्र सुपरहिट वा ब्लकबस्टर भएका थिए ।

 

राजामौलीको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी अहिले आफ्नो अर्को फिल्ममा व्यस्त छन्, जसमा महेश बाबु मुख्य भूमिकामा छन्। रिपोर्टका अनुसार यस फिल्ममा प्रियंका चोपडा पनि देखिने छिन् । फिल्मको नाम वा रिलिज मिति भने घोषणा गरिएको छैन, न त निर्माताले कुनै आधिकारिक घोषणा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन (पोर्चुगल), वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९