Baigyanik Media

Advertisement

Skip Ad

उसले मलाई भन्थ्यो – कान्छी बुढी!

उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें।

– कुसुम थापा

कथा : 

प्रेम शब्द निकै अनौठो रहेछ। कहिले नसोचेको, कहिले नदेखेको मान्छे पनि आफ्नो प्राणभन्दा प्यारो हुने रै’छ। कति मान्छे त्यही प्रेममा परेर मरेका छन्, कोही प्रेम पाउन दिनरात मन्त्र जप्छन्। कोही प्रेम पाएर पागल हुन्छन्, कोही प्रेम नपाएर पागल हुन्छन्। म प्रेममा डुबेर पागल भएँ।

 

खै! कसरी परें म प्रेममा? पहिलो नजर, पहिलो भेटमै प्रेम? अचम्म लाग्छ आज आफूले आफैंलाई देखेर। ऊ मेरो पहिलो प्रेम त हैन तर आजको दिनसम्म मैले उसलाई भुल्न पनि सकेको छैन। यति यादगार र न्यानो छ कि, जब राति सुत्ने बेला म आँखा चिम्लन्छु, उसको मुहार मेरो आँखा अघि झलल आउँछ। त्यो दिन, त्यो समय अनि उसको त्यो मुहार सम्झँदा एक मन खुसी, एक मन रुन मन लाग्छ।  वास्तवमा, उसको र मेरो भेट सामान्य थियो। मैले उसलाई प्रहरीको तालिममा भेटेको हो। पहिलो भेटमै म ऊ प्रति आकर्षित भएकी थिएँ। उसले पनि म प्रति माया देखाउँथ्यो। छोटो समयमै उसमा म पूर्ण रुपमा डुबिसकेकी थिएँ। उसले पनि मलाई आफ्नो मान्छेझैं हक जमाउँथ्यो, यसैमा म खुसी थिएँ।

 

दिन बित्यो, रात बित्यो बल्ल त्यो दिन आयो, जुन दिन उसले मलाई पूर्ण रुपमा आफ्नो बनाउनका लागि प्रेम प्रस्ताव राख्यो। म खुसीले गद्गद् भएँ, मेरो खुसीको सीमा नै रहेन। कति दिनको लामो पर्खाइपछि आज बल्ल मन शान्ति भयो। दोहोरो कुरा केही नसोची मैले उनको प्रेम प्रस्ताव स्वीकार गरें। मायाले बाँधेको हाम्रो सम्बन्ध निकै स्वस्थ रुपमा अघि बढ्यो। उसले मलाई कान्छी बुढी भन्थ्यो। मैले पनि उसै भनेको होला भनी खुसी हुन्थें। उसले मलाई आफ्नो काम छाडेर लुकी-लुकी भेट्न आउँथ्यो। म पनि ऊ कहिले आउँछ भनी पर्खिरहन्थें। हाम्रो प्रेमको चर्चा पूरै चौकी साथीभाइमा थियो। साथीसँग कुरा गर्दा पनि उसको नाम आएमा मेरो मुहार निकै उज्यालो र हर्षित देखिन्थ्यो।

 

यसरी नै हाम्रो प्रेम सम्बन्ध सुरू भएको दुई महिना भयो र हाम्रो तालिम सकिएर आ-आफ्ना घरमा फर्किसकेका थियौं। अब उसको र मेरो भेट कम हुन थाल्यो र कुराकानी म्यासेजमै सीमित रह्यो। जतिसुकै झगडा भए तापनि म ऊ सँग खुसी थिएँ र ऊ पनि। तर. त्यो खुसी धेरै सम्म रहेन।

 

एक बिहान अचानक उसले मलाई केही म्यासेज गरेन। मैले गरेको म्यासेज, कलको पनि केही जवाफ आएन। लगातार सम्पर्क गर्न खोज्दा पनि केही सिप लागेन। बल्लतल्ल उठेको फोनबाट पनि रुखो स्वरमा बिरामी छु, सुत्छु भनी फोन काटियो। त्यही कुराले मनमा चिसो झस्को पस्यो। त्यो दिन मेरो मन निकै निराश थियो। दिउँसोभरि उसको कुरा मेरो मनमा खेलिरहेको थियो। करिब ५ बजेतिर उनको मलाई कल आयो र भेट्नको लागि बोलायो। म केही नसोची उनलाई भेट्न गएँ। उसले दोहोर्‍याएर कुरा केही गरेन। मैले नि उसलाई केही प्रश्न गरिनँ। हामी चिया खान चिया घर गयौं। त्यहाँ बस्दा पनि उसले कुराहरू केही नभनी चुपचाप बस्यो। केही समयपछि उसले मलाई घरभन्दा अलि तलतिर पुर्‍याइदियो। म आफ्नो घर गएँ र ऊ आफ्नो घरतर्फ लाग्यो।

 

घर पुग्दा मलाई एक युवतीको म्यासेज आएको रहेछ। ब्लक पनि गरेको रहेछ। अरू समयमा त यस्तो म्यासेजको खासै मतलब लाग्दैन थियो। तर, त्यहाँ मेरो प्रेमको नाम रहेकाले मनमा नानाथरीको प्रश्नहरू आउन थाल्यो। मैले मेरो साथीलाई त्यस्ती युवतीले यसरी म्यासेज गरेको रहेछ भनेर भनें र उसले आफ्नै प्रोफाइलबाट उक्त महिलालाई म्यासेज गर्न लगायो। त्यसपछि मेरो साथीको म्यासेजको कुरी बस्न थालें।

केही समयपछि मलाई मेरो साथीले म्यासेज पठाए – उक्त म्यासेज हेरेपछि म अक्कबक्क भएँ। मन चिसो भयो। आँखाबाट बरर… आँसुको थोपा खस्यो। जसलाई मैले आफूभन्दा बेसी माया गरें, जोसँग मैले आफ्नो भविष्य साचेको थिएँ। ऊ त पहिले नै विवाहित रहेछ।  अघि म्यासेज गर्ने युवती उसको श्रीमती रहिछन्, जसको पेटमा पाँच महिनाको बच्चा पनि थियो। त्यस्तो म्यासेज देख्नासाथ मैले आँखा चिम्म गरें। त्यसैत्यसै निस्सासिएर सास फेर्न गाह्रो भयो। मन भारी भयो।

 

तर. भर्खरै म उसलाई भेटेर मात्र घर भित्र पसेकी थिएँ, फेरि उसलाई भेट्न मन लाग्यो। त्यो कुरा मैले एक प्रतिशत पनि पत्याउन सकिरहेकी थिइनँ। उसको मुहारलाई सम्झँदा आफूलाई डर लागेर आउन थाल्यो। त्यो रात उसले एकपल्ट पनि सम्पर्क गरेन। मलाई पनि उसलाई कल गर्न आँट आएन। मनमा अनेक कुराहरू अलमल्ल परिरहेको थियो। त्यो रात पछि उनले मलाई ३-४ दिनसम्म एकचोटि पनि कल गरेन।

 

केही दिनपछि उनले मलाई फेरि भेट्न बोलायो र हामी भागी जाऔं भन्न थाल्यो। एउटा गर्भवती श्रीमतीलाई छाडेर कसरी जाने सोचेको होला, अझै थाहा छैन। ज्यान सिरिङ्ग भएर आउँछ। तर, त्यसबेला मेरो आँखा बन्द भएको थियो। मनमा दोहोरो कुरा चलिरहेको थियो। मनमनै सोच्थें- यदि उनीहरू खुसी छैनन् भने उनीहरू छुटेको राम्रो लाग्थ्यो। यदि ऊ मलाई लिन आयो भने जान्छु भनी बसें। उसले मलाई बेला-बेला म्यासेज गर्थ्यो। मुखले ‘तँ सँग जान सक्दिनँ’ भने तापनि मन भने ऊ तिरै थियो।

 

निकै लामो समयपछि अचानक एक दिन फेरि उसको र मेरो भेट भयो, जुन हामीले योजना गरेर भेट भएको थिएन। उसले मलाई घुम्न जाम भन्यो र हामी नालागुम्बा गुम्न गयौं। त्यहाँ घुम्दा मैले आफ्नो दुःख र उसले दिएको धोकाबारे भने। उसले मेरो कुरा सुनेर अँध्यारो अनुहार बनाउँदै पहिला नै मैले तिमीलाई भेटेको भए आज यस्तो हुने थिएन भन्यो। अहिले पनि म तिमीलाई त्यति नै माया गर्छु, जाम न म सँग भन्यो। त्यो कुरा सुनेपछि मलाई फेरि ऊप्रति झन् माया लागेर आयो।

 

तर, मैले ऊ सँग जाने हिम्मत गर्न सकिनँ। दिउँसोको ४ बजेतिर उसले मलाई मेरो घरसम्म पुर्‍याइदियो र ऊ फर्कियो। म त्यही मान्छेसँग घर आएको दिदीले देखेकी रहिछ। दिदीले मलाई घर छिर्नेवित्तिकै गालामा एक झापड हानी र बेस्सरी गाली गरी। ‘अब उप्रान्त ऊ सँग भेटेको, बोलेको थाहा पाएमा बाबालाई भन्दिन्छु’ भन्दै मलाई राम्ररी सम्झाई बुझाई गरी। मैले पनि त्यो कुरालाई धेरै सोचेँ। आफ्नो गर्भवती श्रीमतीलाई छाडेर जान सक्ने मान्छेले मलाई छोड्न पनि के बेर लगाउँछ होला र भन्नेजस्तो लाग्यो। मनभरि उसको लागि रहेको त्यो माया मैले त्यहीँ त्याग गरिदिएँ। त्यसपछि हाम्रो बोलचाल र भेटघाट कहिल्यै भएन। आज पनि जब म विगतका दिनहरूलाई सम्झन्छु, मेरो आँखा पूर्ण रूपमा भरिएर आउँछ।

थप सम्पर्क गर्न आवश्यक परेमा ९८६०४०६४६२

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९