मस्कलाई बंगलादेशमा स्टारलिङ्क इन्टरनेट शुरु गर्न सरकार प्रमुख युनुसको पत्र

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् ।उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई पत्र लेख्दै बंगलादेश भ्रमणको निम्ता दिएका हुन् । फेब्रुअरी १९ मा लेखिएको पत्रमा युनुसले मस्कलाई आफ्नो बंगलादेश भ्रमणले यस अग्रणी प्रविधिका मुख्य लाभार्थीहरूमध्ये एक हुने युवा बंगलादेशी पुरुष र महिलाहरूलाई भेट्ने अवसर दिने बताएका थिए ।उनले मस्कलाई राम्रो भविष्यको लागि उनीहरूको पारस्परिक दृष्टिकोणलाई साकार पार्न सँगै काम गर्न आह्वान गरेका छन् ।बंगलादेशको पूर्वाधारमा स्टारलिङ्कको कनेक्टिभिटीले रूपान्तरणकारी प्रभाव पार्ने, सरकारी समाचार एजेन्सी बीएसएसले रिपोर्ट गरेको छ । यसले विशेष गरी बंगलादेशका उद्यमी युवाहरू, ग्रामीण र कमजोर महिलाहरू, र दुर्गम र वञ्चित समुदायहरूलाई फाइदा पुर्‍याउने रिपोर्टमा उल्लेख छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१