इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो ।अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको विवरण प्राप्त भएको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा थियो ।

 

 

इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प जान्छ । जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए । २०१८ मा, सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढीको मृत्यु भएको थियो ।२००४ मा, आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले गर्दा सुनामी आएको थियो जसले इन्डोनेसियामा १,७०,००० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१