Baigyanik Media

Advertisement

Skip Ad

गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा

मुम्बइ । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं फिल्म निर्माण गर्न थाले तर उनले बनाएका सबै फिल्म फ्लप हुन पुगे । जसका कारण कुनै समय बान्द्राको कार्टर रोडमा रहेको आलिशान बंगलामा बस्ने आहुजा परिवारलाई मुम्बई बाहिर विरारको एउटा सानो घरमा सर्नु परेको थियो, जुन घरमा गोविन्दाको जन्म भएको थियो । आफ्नो बुबाजस्तै गोविन्दा पनि एक अभिनेता बने र आफ्नो कडा परिश्रमको आधारमा जुहु जस्तो भिभिआइपी क्षेत्रमा आफ्नै घर किनेका थिए। आज यस क्षेत्रमा गोविन्दाका दुईवटा घरहरू रहेका छन् ।

 

सम्बन्ध विच्छेदको खबर आउनु भन्दा केही महिना अघि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तर्वार्तामा आफू र उनका छोराछोरी गोविन्दाको यी दुई घरमध्ये एउटामा बस्ने बताएकी थिइन् भने गोविन्दा आफैं अर्को घरमा बस्ने गरेको खुलाएकी थिइन् । गोविन्दाको फिल्म चल्न थाले पछि उनले जुहुको ‘जल दर्शन’ भवनमा आफ्नो पहिलो फ्ल्याट किनेका थिए । त्यसपछि गोविन्दाले यो फ्ल्याट वरपर दुईवटा फ्ल्याट पनि किनेका थिए । आज यो भवनको दुई तल्लामा बनेका तीनवटा ठूला फ्ल्याटलाई जोडेर गोविन्दले भवनभित्रै भव्य डुप्लेक्स घर बनाएका छन् ।

 

यो घर गोविन्दा र उनको परिवारका लागि विशेष छ किनभने यही घरमा उनको विवाह भएको थियो र उनका छोराछोरी पनि यही घरमा नै जन्मिएका थिए । तर, सुनिता आहुजाको अन्तर्वार्ताका अनुसार उनी आफ्ना छोराछोरी टीना आहुजा र यशवर्धन आहुजासँग यस विलासी फ्ल्याटमा बस्छन् र गोविन्दा उनको दोस्रो बंगलामा उनीबाट अलग बस्दै आएका छन्। वास्तवमा, गोविन्दाको ‘गोल्डेन बिच सोसाइटी’ मा एउटा बंगला छ, जुन उनको ‘जल दर्शन’ फ्ल्याटबाट ६७ मिटर मात्र टाढा छ । उनकी श्रीमतीका अनुसार अहिले गोविन्दा यही बंगलामा अलग्गै बस्ने गर्दछन् । गोविन्दाको पनि यही बंगलामा अफिस छ र उनले आफ्नो अधिकांश काम यही अफिसमा बसेर पूरा गर्छन् । गोविन्दाका यी दुई घर एक अर्काको एकदमै नजिक छन् । आफ्नो बंगला छोडेर सिधै गए पछि पहिलो दाहिने मोड लिने बित्तिकै उनको दोस्रो घर देखिन्छ।

 

स्रोतबाट प्राप्त जानकारी अनुसार विवाहको ३७ वर्षपछि गोविन्दा र सुनिताले एकअर्काबाट अलग हुने निर्णय गरिसकेको जनाइएको छ । तर, उनीहरुका परिवारका सदस्यहरु दुवैले यस विषयमा छलफल गरी आपसमा मेलमिलाप गराउन चाहन्छन् । दुबैले अहिलेसम्म मुख भने खोलेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९