Baigyanik Media

Advertisement

Skip Ad

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप: तेस्रो दिनपनि तोरण शीर्ष स्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । आज २-अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३-अन्डर २०३ सहित शीर्षस्थानमा कायमै रहेका हुन्। उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे। ४-अन्डर ६८ सहित समग्रमा १२-अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।

 

 

दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे। समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३-अन्डर ६९ को स्कोर निकाले। समग्रमा ४-अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए। आज १-अन्डर ७१ को स्कोरमा समग्रमा ३-अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन्।

 

 

सञ्जय लामाले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। समग्रमा भने २-अन्डर २१४ को स्कोरमा आठौं स्थानमा रहेका छन्। समग्रमा इभन-पार २१६ स्कोर जोडेका रामे मगर र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। रामेले २-अन्डर ७० र टंकले २-ओभर ७४ को स्कोर निकाले। लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औं र १२औं होलमा एक-एक सट बचाएपनि १०औं र १५औं होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

 

 

निरजले फ्रन्ट नाइन १-ओभर ३७ मा पुरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ मा सकाए। उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४-पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे।  एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे। १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। यो नतिजामस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए।

 

 

सदभावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौँ, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा (बाँके),  नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा (बाँके),  नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९