च्याम्पियन्स ट्रफीको फाइनल आज भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन् ।

च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन् ।

मार्च २ मा, भारत र न्यूजील्याण्ड बीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो । यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो । च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै, वरुणले पाँच विकेट लिए र न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त पारेका थिए ।

२५ वर्षपछि उपाधि भिडन्तमा आमनेसामने

भारत र न्युजील्याण्ड दुई पटक आईसीसी प्रतियोगिताको फाइनलमा भिडेका छन् । दुई टोलीले अन्तिम पटक २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एकअर्कासँग खेलेका थिए । वर्षाका कारण छ दिनसम्म चलेको सो खेलमा न्युजील्याण्डले भारतलाई पराजित गरेको थियो ।

रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो । त्यो खेलमा, सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टोलीले गांगुलीको ११७ रन र सचिन तेन्दुलकरको ६९ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर २६४ रन बनाएको थियो । जवाफमा, स्टीफन फ्लेमिङको कप्तानीमा रहेको न्युजील्याण्डले लक्ष्य सफलतापूर्वक हासिल गर्यो । न्यूजील्याण्डका लागि सो खेलमा क्रिस केर्न्सले ११३ बलमा अविजित १०२ रन बनाए र भारतबाट जित खोसेका थिए ।

न्युजील्याण्डले लामो समयदेखि आईसीसी उपाधिको प्रतिक्षा गरिरहेको छ । त्यसबेलादेखि, न्युजील्याण्डले अहिलेसम्म आईसीसीको ह्वाइट बल प्रतियोगिता जितेको छैन । न्युजील्याण्ड २०१५ र २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो तर दुवै पटक पराजित भएको थियो । अब, उनीहरूले अर्को फाइनलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीसँग सामना गर्नेछन्, जुन प्रतियोगितामा अपराजित रहँदै उपाधि खेलमा पुगेको छ ।

भारत आईसीसी प्रतियोगिताको १४औ फाइनल खेल्दै

पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट रहेको छ । रोहितको कप्तानीमा रहेको भारतीय टोलीले गत वर्ष टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो, जुन ११ वर्षमा पहिलो पटक आइसीसी उपाधि थियो । अब, आठ महिना पछि, टोली दोस्रो आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ र उपाधिको धेरै नजिक छ । यद्यपि, भारतको लागि न्युजील्याण्डको चुनौती सजिलो हुनेवाला भने छैन ।

२५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुनेछन् । रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो ।

पछिल्ला केही वर्षहरूमा भारतले आईसीसी प्रतियोगिताहरूमा प्रभुत्व जमाएको छ । भारतले उपाधि जित्ने अवसरहरू गुमाइरहेको भए पनि, लगातार नकआउट खेलहरूमा पुग्न सफल भएको छ । अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा आयोजना भएको थियो, त्यतिबेला पनि भारत फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट चुकेको थियो । त्यसपछि टोली २०१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्यो जहाँ उनीहरू न्यूजील्याण्डसँग पराजित भए र प्रतियोगिताबाट बाहिरिएको थियो ।

भारत २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि हारेको थियो। त्यसपछि भारत २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भयो ।

भारतको आईसीसी उपाधि जित्ने खडेरी २०२४ मा रोहितको कप्तानीमा टी-२० विश्वकप जितेपछि समाप्त भयो । भारतले पहिलो पटक १९८३ मा कपिल देवको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो, जुन भारतको पहिलो आईसीसी उपाधि थियो । त्यसपछि टोली २००० मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो तर न्युजिल्याण्डसँग हारेको थियो ।

२००२ मा, यो सोही प्रतियोगितामा श्रीलंकासँग संयुक्त विजेता बन्यो । त्यसको अर्को बर्ष, भारतीय टिम सौरभ गांगुलीको नेतृत्वमा २००३ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो, तर देशको सपना फेरि एक पटक चकनाचुर भयो र टोलीले अष्ट्रेलियाको हातबाट हार बेहोर्नु पर्यो । २००७ मा, महेन्द्र सिंह धोनीको नेतृत्वमा, भारतले पहिलो टी-२० विश्वकपको फाइनलमा पाकिस्तानलाई पराजित गर्‍यो ।

ठीक चार वर्षपछि, धोनीको कप्तानीमा, भारतले मुम्बईको वानखेडे स्टेडियममा खेलिएको २०११ को एकदिवसीय विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जित्यो । धोनीको नेतृत्वमा भारतले २०१३ मा च्याम्पियन्स ट्रफीमा फेरि इङ्गल्याण्डलाई पराजित गर्‍यो । धोनीको कप्तानीमा यो भारतको तेस्रो आईसीसी उपाधि थियो । यसपछि भारतीय टिम उपाधिको लागि आतुर थियो । २०१४ को टी-२० विश्वकपको फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो । जबकि, २०१७ मा, उनीहरू च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएका थिए । भारतले २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल हारेको थियो भने टोलीले घरेलु मैदानमा २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेको थियो । यद्यपि, २०२४ मा बार्बाडोसमा भारतको उपाधि खडेरी गत वर्ष समाप्त भयो र भारत अब अर्को आईसीसी उपाधिको आशामा छ ।

च्याम्पियन्स ट्रफी २०२५ को फाइनल अघि भारत सबै ढाँचामा कुल १३ पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ । यसमध्ये भारतले छ पटक उपाधि जित्न सफल भएको छ । भारतले १९८३, २००२, २००७, २०११, २०१३ र २०२४ मा आईसीसी उपाधि जितेको छ । यदि भारतले आइतबार न्युजील्याण्डलाई हराउन सफल भयो भने, यो सातौं आईसीसी उपाधि हुनेछ, जबकि यो रोहितको कप्तानीमा लगातार दोस्रो आईसीसी ट्रफी हुनेछ ।

एकदिवसीय खेलमा हेड टू हेड  

एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९