बुधबार, फाल्गुन २८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।कोशी प्रदेशको ब्याटिंग लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रुपेश सिंहले ५ विकेट लिएका थिए भने राजेश यादवले ३ विकेट लिएका छन् ।

 

 

यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।मधेशका लागि पवन सराफले सर्बाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाएका थिए ।यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation