
काठमाडौँ । जारी पीएम कप अन्तर्गतको खेलमा गण्डकी प्रदेश ३१ रनमा अल आउट भएको छ ।सिद्धार्थनगर रंगशाला, भैरहवामा जारी खेलमा कोशी प्रदेशविरुद्ध गण्डकी ३१ रनमा अल आउट भएको हो ।टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले २०.४ ओभरमा अल आउट हुदै ३१ रन मात्र बनाएको हो ।गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । चार ब्याट्सम्यान शुन्यमा आउट भएका थिए भने अर्जुन कुमालले सर्बाधिक ९ रन र सुजन गौतमले ६ रन बनाएका थिए ।
त्यस्तै गण्डकीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा कोशी प्रदेशका बलर विपिन महतोले ६ विकेट लिएका थिए । विपिनले ८ ओभरमा ३ मेडनसहित १७ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी फिर्दोश अन्सारीले ३ र दिपेस कँडेलले एक विकेट लिएका थिए ।यो पीएम कपमा कुनै पनि टिमले बनाएको दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशीले गण्डकीविरुद्धको खेलमा २५ रन मात्र बनाएको थियो ।