काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २६९९.२६ विन्दुमा आएको छ । २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
भोजपुर, बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।...