Baigyanik Media

Advertisement

Skip Ad

यी हुन दर्शककाले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म

काठमाडौं । आज हामी तपाईलाई बलिउडका ती ७ बहुप्रतिक्षित चलचित्रको बारेमा बताउन गइरहेका छौँ, जसको लागि दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । यो पनि जानकारी लिनुहोस कि यी फिल्मका लागि निर्माताहरूले करिब १००० करोड रुपैयाँ खर्च गरिसकेका छन् र यो पनि आशा गरिएको छ कि निर्माताहरूले यी फिल्महरूबाट ठूलो नाफा कमाउने पनि छन्। जानौं, ती ७ फिल्मका बारेमा ।

 

सिकन्दरः सलमान खानको यो फिल्म एक्शनले भरिपूर्ण छ, जसलाई एआर मुरुगादासले लेखेका हुन् । साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । फिल्ममा सलमान खानसँगै रश्मिका मन्डन्ना, काजल अग्रवाल, सत्यराज, शरमन जोशी र प्रतीक बब्बरको पनि अभिनय रहेको छ । यो फिल्म मार्च २८ बाट हलमा रिलिज हुँदैछ । मिडिया रिपोर्टका अनुसार यो फिल्म बनाउन निर्माताले करिब २०० करोड रुपैयाँ खर्च गरेका छन् ।

 

जाटः एक एक्शन थ्रिलर फिल्म हो, जुन गोपीचन्द मालिनेनीद्वारा लिखित र निर्देशित छ । थरी मूवी मेकर्स र पीपल मीडिया फैक्ट्रीद्वारा निर्मित चलचित्र हो। फिल्ममा सन्नी देओल, रणदीप हुड्डा, विनीत कुमार सिंह, प्रशान्त बजाज, सैयामी खेर र रेजिना क्यासान्ड्राको अभिनय रहेको छ । यो फिल्म अप्रिल १० मा हलमा रिलिज हुँदैछ । यो फिल्मको बजेट करिब २० करोड रहेको बताइएको छ ।

 

वार–२ः  यशराज फिल्म्सले आइतवार पुष्टि गर्‍यो कि तिनीहरूको जासूस ब्रह्माण्डको अर्को सिक्वेल वारः२ अब १४ अगस्त २०२५ मा विश्वव्यापी थिएटरहरूमा आउने छ । सन २०१९ मा आएको फिल्म ‘वार’ को यो अर्को सिक्वेल हो, जो अयान मुखर्जीद्वारा निर्देशित हुनेछ र ऋतिक रोशन पहिलो फिल्मबाट आफ्नो भूमिका पुनः देखिएका छन । अन्य कलाकारमा जुनियर एनटीआर र कियारा आडवाणी पनि मुख्य भूमिकामा छन्। यो फिल्मको बजेट करिब २ सय करोड रहेको बताइएको छ ।

 

अल्फाः शिव रवैल द्वारा निर्देशित, यो पनि एक एक्सन प्याक फिल्म हो, जसमा शर्वरी आलिया भट्टसंग मुख्य भूमिकामा देखिनेछ। फिल्ममा ऋतिक रोशन क्यामियो गर्दै देखिने छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुन सक्छ । फिल्म बनाउन निर्माताले करिब ८० करोड रुपैयाँ खर्च गरेका छन् ।

 

हाउसफुल–५ः तरुण मनसुखानीद्वारा निर्देशित एक कमेडी फिल्म हो, जो साजिद नाडियाडवालाद्वारा उनको प्रोडक्शन ब्यानर, नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट अन्तर्गत निर्माण गरिएको हो। यो हाउसफुल फ्रेन्चाइजीको पाँचौं किस्ता हो। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, बबी देओल, फरदीन खान, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, श्रेयस तलपदे, ज्याकलिन फर्नान्डेज, नरगिस फाखरी, चित्रांगदा सिंह, सोनम पाण्टे र सोनम ब्वारेको अभिनय रहेको छ । यो फिल्म जुन ६ मा हलमा रिलिज हुँदैछ । यो फिल्मको बजेट करिब ४ सय करोड रहेको बताइएको छ ।

 

रेड–२ः यो राजकुमार गुप्ताद्वारा निर्देशित एक क्राइम थ्रिलर फिल्म हो। यसमा अजय देवगन, रितेश देशमुख र वाणी कपूर मुख्य भूमिकामा छन्। यो रेड (२०१८) को सिक्वेल हो, जुन आइआरएस अफिसर अमय पटनायकको कथा पछ्याउँछ, जसले अर्को सेतो कलरमा हुने अपराधका बारेमा कथा भन्छ । यो फिल्म मे १ मा हलमा रिलिज हुँदैछ र यसको बजेट करिब ४० करोड रहेको बताइएको छ ।

 

केशरी वीरः यो राजकुमार धिमानद्वारा निर्देशित एक एक्सन प्याक फिल्म हो। यस फिल्ममा सुरज पञ्चोली, सुनील शेट्टी र विवेक ओबेरोय मुख्य भूमिकामा छन् । यो फिल्म १६ मे २०२५ मा सिनेमा घरमा रिलिज हुँदैछ । यो चलचित्रको बजेट करिब ५० देखि ६० करोड रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौँ,  सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा,  पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९