काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेश गर्नेछ ।यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...





















































































































































